बेलकामा नक्कली व्यक्ति नियुक्ति लिन आएपछि:
पौष १८ , बेलका । उदयपुरको बेलका नगरपालिकामा रोजगार सहायक पदको लागि सम्पूर्ण प्रक्रियाद्वारा एक व्यक्ति छनौट भईसकेपछि नियुक्ति निवेदन पेश गरी काम गर्न चै नक्कली व्यक्ति गएको पुष्टि भएको छ। नगरपालिकाद्वारा छनौट भईसकेका बेलका -०२ का दिव्यराज अधिकारी बनेर बेलका -०२ कै सोही नाम गरेका अर्का व्यक्ति नियुक्तिका लागि पौष ९ गते निवेदन पेश गरी, पौष ११ गते हाजिर गरी काम गर्न आएका रोजगार शाखा संयोजक बिना थापाले पुष्टि गर्नुभएको छ।
घटनासम्बन्धी संयोजक थापाको वृत्तान्त वर्णन:
“पौष ९ गते चै नियुक्त लिन निवेदन पेश गरेर जानुभएछ। प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नभएकाले सञ्जय सरले उहालाई सोध्नुहुदा भन्नु भएछ “अहिले चै काम चै गर्दै गर्नु म आएपछि नै नियुक्ति चै दिन्छौं” त्यसपछि त्यो दिन नियुक्ति निवेदन चै दर्ता गरेर जानुभएछ मलाई पनि भेट्नु भएन। त्यसपछि १० गते क्रिसमसको छुट्टी थियो त्यसैले ११ गते चै आउनु भयो। माथि प्रशासन शाखाबाट तल रोजगार शाखामा गएर रोजगार शाखाको मेडमसँग समन्वय गर्नु भनेर पठाउनुभएको रहेछ; मेरो अफिसमा उहाँ काम सुरु गर्न आउनु भएको रहेछ मैले त को श्रम गर्न आएको मान्छे होला भनेर ‘के थियो सर श्रम गर्न आउनुभएको हो ? भनेर सोधेँ’ उहाको फेस एकदमै डाउन भयो बोल्दै बोल्नु भएन त्यसपछि मेरै अफिसको का.स. खगेन्द्रले नै भन्नुभयो “हैन दिदी उहाँ अस्ती छनौट हुनुभएको रे आज काम गर्न आउनु भएको रे” मैले भने हैन तपाईँ का बसेर एक्जाम दिनुभएको थियो मैले त तपाईको फेस नै याद गरेको थिइनँ त ल माथि त धेरै जना हुनुहुन्थ्यो मैले चिनिन होला; यहाँ कम्प्युटरको एक्जाम दिदा त मैले याद गरेको हुनुपर्ने त भने उहाँ एकै शब्द बोल्नु भएन त्यसपछि मलाई १००% शंका लाग्यो हैन यो मान्छे भनेर। त्यतिभएपछि ल सर आउनुभएछ बधाई छ बस्नु न भने र उहाँले झोला बोकिरहनु भएको थियो र भन्नुभयो “मेडम अब मलाई दुई चार काम चै सिकाईदिनुपर्यो अब मलाई त्यतिसारो आउँदैन मलाई तपाईले नै मेडम यै छेउमै राखेर सिकाइदिनु पर्यो”। तपाईलाई काम गराउनलाई लागि बोलाएको हो, काम त सिकाईहल्छु नि तर अहिले चै तपाईलाई सिकाउने की के गर्ने भन्नेबारे चै सोच्दैछु सोच्दैछु म भने। त्यसपछि एकदमै काम जस्तो भएर यता बस्नुभयो। अनि एकजना श्रम गर्ने मान्छे ठिक्क आउनुभयो र र उहाको डकुमेन्ट लिएर सोधे तपाईलाई स्क्यान गर्न, फोल्डर बनाउन आउँछ भनेर सोधे डराउँदै ‘आउँछ’ भन्नुभयो, तपाईको जिमेल आईडि छ ? भने एकदमै डराएर “छ” भन्नुभयो अ नि यो फारम भर्नु त भनेर फारम दिए फेरि डराएर कामेर अक्षरहरू नि बिगार्दै फारम भर्नुभयो। अस्ती पास गर्ने मान्छे त एकदमै प्रोफेसनल खालको हुनुन्थ्यो त्यसैले मैले संजय सरलाई सोध्न अलि छलिएर मोबाइलको मेसेन्जर निकाल्दैथे रे म्यासेन्जरमा संजय सरको Sa मात्रै टाइप गर्दैथिए उहाँले केहि चालपाउनु भयो के रे अनि सोध्नुभयो- ‘मेडम म एकछिन बाहिर गएर आउछु है ?’ अब सर तपाई लाई यही बाट बाहिर जान र भित्र आउन चै सोधिरहनु पर्दैन। अब तपाईलाई कतै टाढै जानु छ भने सोध्दा हुन्छ नत्र भित्र बाहिर गर्नलाई सोध्न पर्दैन भने मैले। सेवाग्राहीलाई एकछिन राखेर उहाँ बाहिर जाँदा म चै माथि प्रशासन शाखामा गएर आउनुपर्यो भनेर बाहिर निस्किदै थिए उहाँ चै बाहिर निस्किएर बाइक निकालेर गईसक्नुभएछ, भागिसक्नु भएछ। अनि म प्रशासन शाखामा गएर सञ्जय सरलाई यसै गरी सोधे – “के हो छनौट भएको मान्छे त अर्कै थियो अहिले अर्कै मान्छे पठाउनु भएछ !” पठाउनु भएछ नै भनेर सोधे किनभने मान्छे त प्रशासन शाखाबाट नै यता आएको थियो। “अँ मेडम मलाई त्यस्तै त्यस्तै त लागेको थियो”- सञ्जय सरले भन्नुभयो। अनि तत्कालै डकुमेन्ट हेर्यौ नाम निकालेर छनौट हुने व्यक्तिको नाम चै एउटै – दिव्यराज अधिकारी नै थियो तर डकुमेन्ट हेर्दा स्थायी ठेगाना बेलका २ नै भएको तर नागरिकता नं बुवाको नाम फरक फरक भएको थियो। त्यसपछि हामीले त्यो मान्छेलाई कल गर्यौ कॉल गर्दा रिसिभ नै भएन। त्यसपछि घटनाको विवरण खुलाई ईलाका प्रहरी कार्यालय रामपुरमा हामीले निवेदन दिएका छौं। उक्त नक्कली व्यक्ति उहाँबाट भागेको लगभग आधा/एक घण्टापछि सक्कली दिव्यराज अधिकारीले नियुक्ति लिन फोन सम्पर्क गरेका थिए।”
ईलाका प्रहरी कार्यालय रामपुरले उक्त नक्कली व्यक्तिलाई सोधपुछ गर्दा उनलाई उनक बुवा गणेश बहादुर अधिकारीले उक्त पदको लागि फारम भरदिनुभएको र नाम उनकै छनौट लिस्टमा उनकै नाम देखेपछि उनकै बुवाले पठाउनुभएको भन्ने जानकारी आएको बताए। यसै विषयमा दुवै पक्षलाई ईलाका प्रहरी कार्यालयमा आज सत्यतथ्य छलफल बोलाईएको जानकारी पनि गराउनुभयो।
नक्कली व्यक्ति दुई – दुई चोटि कार्यालयमा आएर नियुक्ति निवेदन पेश गरी हाजिर गर्दै काम थालनी गर्न आउँन सफल हुने यस लापरवाहीको घटनाले नगरपालिकाको सुशासन स्तरलाई छताछुल्लै नै पारेको छ। यस घटना बाहिरिएसँगै नगरपालिकामाथि आम नागरिकस्तरबाट धेरै प्रश्नहरू उठिरहेका छन्।