बेलका नगरपालिकाको कार्यालयमा तालाबन्दी

  • पौष १८, बेलका। उदयपुरको बेलका नगरपालिकाको कार्यालय अन्तर्गत प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरे र सुचना अधिकारि संजय कुमार रेग्मिको कार्यकक्षमा बिहिबार नेकपा एमाले बेलका नगर कमिटि द्वारा ताला लगाइएको छ। नेकपा एमालेका बेलका नगर कमिटी अध्यक्ष हिराजङ्ग राईले नगरपालिकाको कर्मचारीद्धारा गरिएको लापरवाहीबारे  नगर सरकारले चासो व्यक्त नगरेको कारण तालाबन्दी गरी विरोध जनाईएको बताउनुभयो।

“बेलका नगरपालिका रोजगार सहायक (सेवा करार) मा नक्कली व्यक्ति लाइ हाजिरि गराए पश्चात् नेकपा एमाले नगर कमिटी द्वारा प्रेस विज्ञप्ति निकालेको र उक्त विज्ञप्ति लाइ बेलका नगर सरकारको ध्यानाकर्षण नभएको तथा यस बिषय मा नगर सरकार संग सल्लाह गर्न खोज्दा समेत प्रमुख प्रशासकिय अधिकृत घिमिरे ले कानुन संग सम्बन्धित रहेको भनि चासो नदिएको र बिहिबार हामि बेलका नगरपालिकामा केहि काम को लागि जादा धेरै जस्तो कर्मचारी अनुपस्थित रहेको ले हामिले ताला लगाउन बाध्य भएका हौ” भनि नेकपा एमाले बेलका नगर कमिटि का अध्यक्ष हिराजङ्ग राइ ले बेलका पोष्ट लाइ जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *