कल रेकर्डिङ्गको विवरण नआइन्जेल ताला खोलिँदैन – एमाले नगर कमिटी अध्यक्ष हिराजङ्ग राई

पौष १नेकपा एमाले नगर समितिद्धारा  बेलका नगरपालिकाको कार्यालय अन्तर्गत प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ। “मेयर, उपमेयर, कर्मचारी तथा दुवै सक्कली र नक्कली दिव्यराज अधिकारीको सम्पूर्ण मोबाइल कल विवरण सार्वजनिक नभइन्जेल  तालाबन्दी खोलिँदैन” वार्तामा नगर प्रमुखलाई चेतावनी दिँदै नेकपा एमालेका बेलका नगर समितिका अध्यक्ष हिराजङ्ग राईले  भनें।

 बेलका नगरपालिकामा रोजगार सहायक पदको लागि सम्पूर्ण प्रक्रियाद्वारा एक व्यक्ति छनौट भईसकेपछि  नियुक्ति निवेदन पेश गरी काम गर्न  चै नक्कली व्यक्ति  गएको पुष्टि भएको छ। नगरपालिकाद्वारा छनौट भईसकेका बेलका -०२ का दिव्यराज अधिकारी बनेर बेलका -०२ कै सोही नाम गरेका अर्का व्यक्ति नियुक्तिका लागि पौष ९ गते निवेदन पेश गरी, पौष ११ गते हाजिर गरी काम गर्न आएका थिए। त्यसै सन्दर्भमा नेकपा एमालेले ध्यानाकर्षण गराउँदै विज्ञप्ति समेत निकालेका थिए। विज्ञप्ति निकाल्दा समेत नगर सरकारबाट  कुनैपनि सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको नेकपा एमालेको नेताहरुका भनाई रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *