पुष-२०, बेलका। उदयपुरको बेलका नगरपालिकामा गत पुष १८ गते नेकपा एमाले नगर कमिटिद्वारा तालाबन्दी गरेपश्चात दोस्रो पटकको वार्ता शनिवार बिहान ८ बजे हुने भनिएको आईतबार ८ बजे हुने भएको छ। “हिजोसम्म असन्तुष्ट पक्ष ‘नेकपा एमाले नगर कमिटी’ मात्र रहेका थिए तर हिजो बेलुकी नेकपा एमाले सहित अन्य ४ दलहरुले विरोध जनाउँदै संयुक्त विज्ञप्ति निकालेपछि उक्त संयुक्त प्यानलबिच आन्तरिक तयारीले गर्दा आज हुने भनिएको वार्ता भोलि आईतबार सारेको हो।” नगर प्रमुखका स्वकीय सचिव मोहन कार्की ज्यूले जानकारी दिनुभयो।
बेलका नगरपालिकामा रोजगार सहायक पदको लागि सम्पूर्ण प्रक्रियाद्वारा बेलका -०२ का दिव्यराज अधिकारी नामक एक व्यक्ति छनौट भईसकेपछि सोही नाम र ठेगाना भएको अर्का नक्कली व्यक्तिले नियुक्ति निवेदन पेश गरेको र नगरपालिकाको प्रशासन शाखाद्वारा उक्त व्यक्तिलाई हाजिर समेत गराईएको घटनाबारे तथा अन्य खच्किदो सुशासनको विषय र बेतिथिको विरुद्ध नेकपा एमाले बेलका नगर कमिटीले गत पुष १८ गते बेलका नगरपालिकाको कार्यालय अन्तर्गत प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका थिए।