बेलका नगरपालिकाको तालाबन्दी आज खुल्यो

पुष २१, बेलका। बेलका नगरपालिकाको कार्यालय अन्तर्गत प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको कार्यकक्षमा गत पुष १८ गते तालाबन्दी भएपछि आईतवार बिहान ९ बजेदेखि दोस्रो पटक वार्ता भएको थियो। प्रेस संयोजक ध्रुव कोईरालाले वार्ता टुङ्गिएको जानकारी गराउँदै अब तालाबन्दी खोलिने जनाउनु भएको छ। भर्खरै वार्ता सकिएर प्रेस विज्ञप्तिको तयारी आधिकारिक प्रेस विज्ञप्ति तयारी भईरहेको समेत कोईरालाले बताउनु भयो।

तालाबन्दी खुलाई नगरपालिकाको सेवा पुनः सुचारु गर्ने भन्ने विषयमा आजको वार्ता केन्द्रित रहेको बेलका १ का वडा अध्यक्ष दिनेश्वर चौधरीले बताए। नेकपा एमालेले बेलका नगर कमिटीको नेतृत्वमा भएको तालाबन्दी पुष १९ गतेको वार्तामा विपक्ष दल र नगर सरकारवीच चर्काचर्की भएपछि वार्ता कुनैपनि निष्कर्ष बिना नै टुङ्गिएको थियो। त्यसैदिन बेलुकी एमाले सहित अन्य चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै विरोधको विज्ञप्ति जारी थिए। त्यस पश्चात शनिवार हुने भनिएको वार्ता शनिवार हुन नसकेपछि आज आईतवार अन्य राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु र छानबिन समितिको उपस्थितिमा वार्ता भएको थियो।

पछिल्लो समय रोजगार सहायकको पदमा कर्मचारी नियुक्ति गर्ने सम्बन्धमा परीक्षा तथा नियुक्ति सम्बन्धी कुनैपनि प्रक्रियामा सहभागी नै नभएको व्यक्तिलाई नगरपालिकाले काम सुरु गर्न हाजिर गराएको घटनाको विषयलाई लिएर नेकपा एमाले बेलका नगर कमिटीले तालाबन्दी गरेको

थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *