सहयोगी युवा हातहरूद्वारा एकल महिला गंगा परियारको घर निर्माण गरिँदै

सहयोगी युवा हातहरूद्वारा  एकल महिला गंगा परियारको घर निर्माण गरिँदै 

 

उदयपुरको बेलका नगरपालिका वडा नं १ आम्बासीस्थित  सहयोगि युवा हातहरु नामक सामाजिक संस्थाको सहयोग र अग्रसरतामा गंगा परियारको लागि आवास गृह  निर्माण गरिँदैछ। आर्थिक अवस्था निकै दयनीय रहेको परियारले आवासको लागि सहयोगको गर्न कुरा उठान गरेपछि संस्थाले परियारका  लागि आवास गृह निर्माण गरिरहेको संस्थाका सचिव चन्द नारायण चौधरीले जानकारी दिए। 

 

 एकल महिला एक छोरा र एक छोरि गरि दुइ संतान रहेको परियार  निम्न आयस्तरकी एकल महिला हुन् । 

 

विगत लामो समय देखि स्थानीय लक्ष्मण कार्कि को बोइलर कुखुरा फर्ममा बस्दै आउनु भएको थियो। सामाजिक संस्था सहयोगि युवा हातहरुले बेलाकाका बिभिन्न वडा कार्यालयहरू, अन्य संघ संस्थाहरु र सहयोगी व्याक्ति हरु बाट रकम तथा जिन्सी सहयोग संकलन गरि उनको लागि आवास निर्माण गरिरहेको छ।  आवास गृह निर्माण कार्यमा उक्त संस्थाको सम्पुर्ण सदस्यहरू तथा पदाधिकारीहरु खटिरहेका छन्।

 

उक्त आवास गृहमा सिमेन्टको पिल्लर उठाइसकेको छ भने अहिले बासको टाटि तथा नयाँ घेराबेरा बनाउने कार्य भइरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *