उदयपुरको बेलकामा इलेक्ट्रीसियन र प्लमबिङको तालिम हुँदै

उदयपुरको बेलाकामा इलेक्ट्रीसियन र प्लमबिङको तालिम हुँदै

पुष २५, बेलका।  उदयपुरको बेलका नगरपालिका, भालमन्तिमा इलेक्ट्रिसियन र प्लमबिङ सम्बन्धित १० दिने आधारभूत तालिम सञ्चालन भएको छ।  राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजको आयोजना, १ नं वडा कार्यालयको समन्वय तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सौजन्यमा भइरहेको  यस तालिममा बेलका -०१ का २० जना महिलाहरु सहभागी रहेका कार्यक्रम संयोजक सुनिता रिजालले जनाउनु भयो।

स्थानीय महिलाहरूमा जीवनयापनका लागि दक्ष शीपको विकास गरी आर्थिक रुपमा सबल बनाउने मुख्य  उद्धेश्यका साथ बेलका ०१ भालमन्तिमा सञ्चालन भएको हो।   १० जना महिलाहरुलाई इलेक्ट्रीसियन र १० जनालाई प्लम्बिङ सम्बन्धित भइरहेको यस तालिम माघ ६ गतेसम्म हुनेछ। १ नं वडा अध्यक्ष दिनेश्वर चौधरी ज्यू अध्यक्षता तथा नगर प्रमुख अशोक कार्की ज्यूको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका अध्यक्ष सुनीला हमाल ज्यूको विशेष आतिथ्यतामा  विहीबार तालिमको उद्घाटन भएको हो।  कार्यक्रम संयोजक रिजालका अनुसार यस संस्था -राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजले विभिन्न  कार्यक्रमहरु सन् २००६ देखि नै सिपमुलक, शैक्षिक कार्यक्रमहरु  देशका विभिन्न जिल्लाहरुमा सञ्चालन  सञ्चालन गर्दै आइरहेको छ साथै विगत देखि नै विभिन्न शैक्षिक कार्यक्रम, अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न सहायक सामग्री वितरण यस नगरपालिकामा पनि गर्दै आईरहेको बताउनुभयो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *