वडाले खरिद गरेको टेलिस्कोपको भुक्तानी नगरपालिकाबाट अझै भएन: बेलकामा आर्थिक कारोवार ठप्प

वडाले खरिद गरेको  टेलिस्कोपको भुक्तानी नगरपालिकाबाट अझै भएन: बेलकामा आर्थिक कारोवार ठप्प

पुष २६, बेलका। गत कार्तिक १३ गते उदयपुरका बेलका नगरपालिका २ नं वडा कार्यालयले विज्ञानसम्बन्धी गतिविधि गर्न भनी खरिद गरेको टेलिस्कोपको रकम करिब साँढे दुई महिना बितिसक्दा समेत रकम भुक्तानी नभएको हो। २ नं वडाका सचिव सञ्जय कुमार चौधरी ज्यूले वडाबाट सम्पूर्ण प्रक्रिया पूरा गरी नगरपालिकाको कार्यालयमा सिफारिस पठाउँदा समेत अहिलेसम्म उक्त रकम भुक्तानी भइनसकेको बताउनु भयो।

२ नं वडा कार्यालयले काठमाडौँमा रहेको मेक इन्जिनियिङ्ग ट्रेडिङ प्रालिसँग रु.५२,००० मा टेलिस्कोप खरिद गरेको थियो। मेक इन्जिनियिङ्गका एक प्रतिनिधि कर्मचारी करुणा महर्जन बताउनुहुन्छ – “तिहार सकिने बित्तिकै टेलिस्कोपको पेमेन्ट गरिहाल्ने भनेर खरिद गरिएको टेलिस्कोपको रकम अझै पनि भुक्तानि हुन सकेको छैन। नगरपालिकाको कर्मचारीलाई सम्पर्क गरेर बुझ्दा घरी कर्मचारी बिदामा हुनुहुन्छ भन्नुहुन्थ्यो त घरी कर्मचारी विवाहको बिदामा हुनुहुन्छ भन्नुहुन्थ्यो तर हिजोआज त उहाँले कल उठाउनै छोड्नु भा’छ।”

गत पुष २६ गते बेलका पोष्टले रिपोर्टिङ गर्ने क्रममा उक्त भुक्तानीको फाइल लेखा शाखामा पुगेको पाईएको छ। लेखा शाखामा उक्त फाइल अरु फाइलहरुको थुप्रोमा भेटिँदा लेखा शाखाका प्रमुख राजन भट्टराई भन्नुहुन्छ – “ यो भर्खरै गत एक हप्ता अगाडि यस शाखामा आईपुगेको हो, सबै प्रक्रिया पुगिसकेको रहेछ अब चेक निकाल्न मात्र बाँकी रहेकोरहेछ त्यसको लागि प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर चाहिन्छ तर अहिलेको माहोलले गर्दा समय लागेको हो त्यसैले नगरपालिकाको सुशासन खच्केको कुरा स्वीकार गर्दै भन्नुहुन्छ – “ढिलासुस्ती भएकै हो, अधिकृत नहुँदा सुशासनको स्तर अझै खच्केको कुरा स्वीकारयोग्य छ ।”

यसैक्रममा नगरपालिकाको रोजगार सहायक पदको लागि खुलेको दरबन्दीमा कर्मचारी भर्ती गराउन लागि उहीँ नाम र ठेगाना भएका नक्कली व्यक्तिले नियुक्ति निवेदन पेश गरी नगरपालिकाले उनलाई काम सुरु गर्न हाजिरी गराईएको विषयलाई लिएर नेकपा एमाले बेलका नगर कमिटीले विरोध जनाउँदै गत पुष १८ गतेदेखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको थियो। त्यसपछि २ दिन ५ बुँदे सहमति अनुसार तालाबन्दी खुले पश्चात प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीलाई कार्यालयमा ५ दिनसम्म उपस्थित नगराइने(छानबिन कार्यमा सहयोग गर्न) निर्णय गरिएको थियो। त्यसपश्चात झनै नगरपालिकाको आर्थिक काराेवारहरु ठप्प रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *