पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा नेपाल १०१ औं स्थानमा

बेलका। ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ हरेक वर्ष सार्वजिनक गर्ने पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा नेपालको स्तर अघिल्लो वर्षभन्दा थोरैले सुध्रेको छ । हेन्लीले सार्वजनिक गरेको सन् २०२५ को पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । सन् २०२४ भने नेपाल १०३ औं स्थानमा थियो ।

 

सिंगापुर र जापान पार्सपोर्ट इन्डेक्सको शीर्ष स्थानमा रहेका छन् । त्यस्तै फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया र स्पेन टप थ्रीको सुचीमा रहेका छन् । गत वर्ष ८५ औं स्थानमा रहेको छिमेकी देश भारत यसपाला पनि यही नम्बरमा रहेको छ ।

नेपाल भन्दा तल्लो वरियतामा द्वन्दग्रस्त देश सोमालिया देखि पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान रहेका छन् । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्टले कुन देशलाई कहाँ भिसा दिन्छ वा दिन्न भन्ने आधारमा वरीयता निकाल्छ ।

 

हेन्लीले १९९ विभिन्न राहदानी र २२७ विभिन्न यात्रा गन्तव्यको आधारमा अध्ययन गरिएको जनाएको छ। मासिक रूपमा अद्यावधिक गरिएको द हेन्ली पासपोर्ट सूचांक आफैंमा बलियो र भरपर्दो वरीयताका रूपमा लिइँदै आएको

छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *