बेलका बहुउद्देश्यीय सहकारी संस्था लि. को २१ औं साधारण सभा सम्पन्न ।

  • बेलका बहुउद्देश्यीय सहकारी संस्था लि. को २१ औं साधारण सभा सम्पन्न 

बेलका। बेलका नगरपालिका १ आम्बासिस्थित श्रि नारायण देवजि चौधरि मा. बि को प्राङ्गणमा बेलका बहुउद्देश्यीय सहकारि संस्था लि. को २१ औ साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष घनश्याम पोखरेलले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए, व्यवस्थापक भोजराज बिष्टले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने लेखासमिति सदस्य ध्रुव प्रसाद न्यौपानेले परिक्षणको प्रतिबेदन प्रस्तुत गरेका थिए।

जम्मा २०३ सेयर सदस्य रहेको उक्त संस्थामा किसानहरु लाइ प्रोत्साहन स्वरुप उत्कृष्ट बचतकर्ता ३ जना, उत्कृष्ट ऋणी १ जना, उत्कृष्ट दुध बितरक ५ जना लाइ प्रमाणपत्र सहित सम्मानित गरिएको थियो ।

संस्थाका अध्यक्ष घनश्याम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथि बेलका नगर उप प्रमुख जिरा राई, वडा अध्यक्ष, सदस्य, विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *