सञ्जिना राई उदयपुर आइडल सिजन १ को विजेता बन्न सफल

सञ्जिना राई उदयपुर आइडल सिजन १ को विजेता बन्न सफल

पुष २७, बेलका। उदयपुर कलाकार समाजद्वारा आयोजित उदयपुर आइडल सिजन १ को उपाधि संजिना राईले हात पार्न सफल हुनु भएको छ। शनिवार गाईघाटको रत्ना रिसोर्टमा भएको ग्रान्ड फिनाली कार्यक्रममा राई प्रथम उदयपुर आइडल सिजन १ को विजेता घोषित भएकी हुन्।

 भोजपुरमा जन्म भई बाल्यकालमै उदयपुरकी चौदण्डिगढी नगरपालिका ०२, गंगटेस्थित स्थायी रुपमा बसोबास गर्दै आईरहेकी एउटा माध्यम वर्गीय परिवारकी छोरी हुन् । सानै देखि गीत संगीतको भाका टिपी हाल्ने सञ्जिनाले विद्यालयका कार्यक्रमहरुमा समेत गीत गाउने गर्थिन्। गाउँका विद्यालयमा मिठो गीत गाउने विद्यार्थीका रुपमा परिचित सञ्जिनाको बारेमा एकदिन संगितकर्मि देविन बाबु राईले थाहा पाउँछन्। त्यसपश्चात देविन् बाबु राईको हौसला तथा गाइडेन्स पाएपछि उनको संगीतप्रति रुचि झनै बढ्दै गयो र संगीतको सुर र स्वरमा झनै निखार आउँदै गएको थियो।

कक्षा १० सम्म चैदण्डिगढी नगरपालिकाकै विद्यालयमा पढेकी उनले कक्षा ११ र १२ भने काठमाडौँमा पढेकी थिइन्। कक्षा १२ पश्चात पुन: घर फर्किएका सञ्जिनाले उदयपुर आइडल हुने थाहा पाएपछि यस उदयपुर आइदालमा जोडिन पुगेको थिइन्।

उदयपुर आइडल सिजन १ को समापनसँगै यस कार्यक्रमले उदयपुरमा गायककारहरु जन्माएको छ। यसले गायन तथा संगीत क्षेत्रको विकास, प्रवर्द्धन र समृद्धिमा समेत महत्वपूर्ण योगदान दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *