उदयपुरको बेल्टारमा बिनायो म्युजिक एकेडेमि सञ्चालन

उदयपुरको बेल्टारमा बिनायो म्युजिक एकेडेमि सञ्चालन

 

पुष २८, उदयपुर। उदयपुर जिल्लाको चौडण्डिगढी नगरपालिका अन्तर्गत बेल्टारमा गायन तथा सङ्गितमा रुचि राख्नेहरुका लागि बिनायो म्युजिक एकेडेमी सञ्चालनमा आएको छ। गायन तथा संगीत सिद्धान्तहरु समबन्धि कक्षा र गिटार, बाँसुरी जस्ता बाद्यवादकहरुका कक्षाहरू संचालन भइरहेको  एकेडेमीका सदस्य तथा गिटार शिक्षक प्रेनिश राईले जनाउनु भयो। 

यस एकेडेमीमा गायन कक्षा  लागि इटहरीकापूर्वीय शास्त्रीय संगीतकर्मी दुर्गा पराजुली हुनुहुन्छ। उहाँले पूर्वीय शास्त्रीय संगीतमा  स्नातक तहको अध्ययन समेत गर्नु भएको छ। त्यसैगरी बाँसुरीको लागि शिक्षकको रुपमा सञ्चालक देविन बाबु राई आफै हुनुहुन्छ भने गिटारको  गिटारमा डिप्लोमा गर्नुभएका प्रेनिस राईले हुनुहुन्छ। 

यस अघि गायन तथा संगीतको क्षेत्रमा पर्याप्त रुचि भएतापनि सिक्नका लागि ए प्लाटफर्म थिइन। त्यसैले इच्छा हुँदा हुँदै आफ्नो कला ओझेल समस्याहरू हुने गर्दथ्यो। तर अब बेल्टारको लाफा चौकमा बिनायो म्युजिक एकेडेमीका सञ्चालन आएसँगै यस समस्या दूर भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *