नेकपा माओवादी केन्द्रको बेलका नगरपालिका २ नं वडाको सम्मेलन सम्पन्न।
पुष १८, उदयपुर आईतबार नेकपा माओवादी केन्द्रको बेलका नगरपालिका २ नं वडा कमिटीको दोस्रो २ नं वडा सम्मेलन सम्पन्न भएको छ। भागलपुरको रेडक्रस भवनमा भएको सम्मेलनले अध्यक्ष पदमा राजु कार्कीलाई निर्वाचित गरेको छ।
त्यसैगरी यस सम्मेलनले देवीलाल चौधरी र राज कुमार यादव गरी दुई जनालाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ भने सचिवमा पुरुषोत्तम घिमिरे, सह सचिवमा राम प्रसाद यादव र कोषाध्यक्षमा मिना विश्वकर्मालाई निर्वाचित गरेको छ। यस अघि २ नं वडा कमिटीको अध्यक्ष निर बहादुर बस्नेतको नेतृत्वमा २ नं वडा कमिटी सञ्चालन हुँदै आइरहेको थियो।
गत मंसिरमा भएको उप निर्वाचनमा माओवादी केन्द्रले देशव्यापी सन्तुष्टिजनक नतिजा ल्याएको टिका टिप्पणिहरु हुँदै गर्दा बेलका नगरपालिकाका समेत हरेक वडाहरूमा वडा कमिटीको सम्मेलन भइरहेको छ।