उदयपुरमा भव्य माघी मेला

उदयपुरमा भव्य माघी मेला

माघ १, उदयपुर। उदयपुरस्थित बेलका नगरपालिकाको भवरी देवी मन्दिरमा मङ्गलबार भव्यरुपमा माघी मेला सम्पन्न भएको छ। आदिवासी थारु समुदायले मनाइने माघी पर्वको अवसरमा बेलका ०१ मा मेला लागेको हो।

बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यता तथा त्रियुगा नगरपालिकाको पूर्व नगरप्रमुख वलदेव चौधरी र बेलका नगर उप प्रमुख जिरा राईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सुसम्पन्न भएको हो। कार्यक्रम बोल्दै नगर प्रमुख अशोक कार्कीले पानी उम्रने मुहान नै मुख्य आकर्षक रहेको यस क्षेत्रमा पानीको परीक्षण गर्न आज मात्र प्राविधिकहरु आएको जानकारी गराउँदै अर्को वर्ष उक्त मुहानबाट आउने पानीमा स्नान स्थल निर्माण गर्ने लगायतका विषय जनाउँदै भवरिदेविको मन्दिर परिसरको क्षेत्रको संरक्षन गर्दै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने प्रतिवद्धता जनाउनु भयो।

नगर उप प्रमुख जिराले कार्यक्रम बोल्दै यस मेलाको अर्थ रमाइलो गर्न मात्र नभएर थारु संस्कृति र पहिचानको महत्व बुझ्नु र संस्कृतिको संरक्षण नै मुख्य उद्देश्य हुनुपरने कुरामा विशेष जोड दिनुभयो।

थारु संस्कृति झल्किने नृत्य कार्यक्रमहरु समेत रहेको यस माघि मेला कार्यक्रममा अनुमानित २५०० मानिसहरूका उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *