कविता

यो जगत ,प्रकृति र जिवन,

एस्को उत्पत्ती,बिकास र बिनास,

याहाँ हुने परिवर्तन र घटनाक्रमहरु,

कस्ले गर्छ होला?

कसरी गर्छ होला?

किन गर्छ होला?

 

समाजमा,

मानिसको जिवनमा,

वा मान्छेको मनमा हुने परिवर्तन,कसरी हुन्छ?कस्ले गर्छहोला?

 

के मान्छेले आफ्नै दिमाग प्रयोग गरेर एस्को नियम पत्त लगाउन सक्छ?

कि इश्वरको कृपा चाइन्छ?

 

मानिसभित्र भएको मन,

त्यस्मा उत्पन्न हुने असीमित इच्छा,चाहाना,कामना,

त्यो पूरा हुँदा उत्पन्न हुने घमण्ड,

पूरा नहुँदा उत्पन्न हुने रिस,

अन्यले पुरागरेको गरेको देखेर उत्पन्न हुने लोभ,डाहा,ईष्र्या,

 

यी सबै के हुन?

कसरी उत्पन्न हुन्छ्न?

कसरी बिकसित हुन्छ्न,

र बिलय हुन्छ्न?

के मान्छेले जान्न सकिएला?????

 

जन्मिएको हरेक जीव मर्छ!

फुलेका हरेक फुल ओइलाउछ!

उदाएको सुर्य अस्ताउछ!

मान्छेले यो बिकास र परिवर्तनको शाश्वत नियम बुझ्न समय खर्चिन्छ?

सबैभन्दा बुद्धिमान मानिसले बेला बखत यी प्रस्नहरुमा आफ्नो चिन्तन केन्द्रित गर्नुपर्छ जस्तो लाग्छ।

भौतिक बिकास संगै

बैचारिक बिकास हुन जरुरी छ छैन होला त??

-रमेश लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *