सूचना: सप्तकोशी बेलका सामुदायिक वन उपभोक्ता समितिको आमभेला माघ ५ गते हुने
माघ ३, बेलका। उदयपुर बेलका नगरपालिका २ नं वडा भागलपुर स्थित बिहीवार भएको सप्तकोशी बेलका सामुदायिक वन उपभोक्ता समितिको २१ औं आमाभेला यहीँ माघ ५ गते शनिवारको दिन सरेको छ। शनिवार ११ बजे उपभोक्ताहरूको अनिवार्य उपस्थितिको लागि समितिले बेलका पोष्ट मार्फत सूचना जारी गर्दै अनुरोध गरेको छ।
बिहीवार आमभेलामा उपस्थितिको कोरम पुर्याई समाभेला सुरु गर्दा बेलुकीको करिव ४ बजे बजिसकेको थियो। त्यसपछि आमभेला प्रस्तावहरू प्रस्तुत गरी अतिथिहरुले आफ्ना मन्तव्य व्यक्त गर्दा साझ परिसकेको थियो। त्यसैक्रममा समितिले ल्याएको प्रस्तावहरुमा पर्याप्त मात्रामा छलफल गर्ने समयको अभाव भएका कारण शनिवारलाई आमाभेलाको बैठक सरेको हो।