उदयपुरको बेलकामा महिलाहरुका लागि इलेक्ट्रीसियन र प्लमबिङको तालिम सम्पन्न

उदयपुरको बेलकामा महिलाहरुका लागि इलेक्ट्रीसियन र प्लमबिङको तालिम सम्पन्न 

माघ ६, बेलका।  उदयपुरको बेलका नगरपालिका, भालमन्तिस्थित राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजको आयोजनामा  महिलाहरुका लागि १० दिने आधारभूत इलेक्ट्रिसियन र प्लमबिङ सम्बन्धित तालिम सफलतापूर्वक सम्पन्न भएको छ। १ नं कार्यालय बेलका नगरपालिकाको  समन्वय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सौजन्यमा तालिम सम्पन्न भएको हो। 

आयोजक संस्थाले २०७२ सालको महाभूकम्प  पीडितहरुलाई जीवनोपयोगी सिपमुलक तालिम आयोजना गर्दा निकै प्रभावकारी रहेको महसूस गरेपछि संस्थाले यस कार्यक्रमलाई निरन्तरता दिँदै आईरहेको यस संस्थाका उपाध्यक्ष सुगम भट्टराईले जानकारी दिनु भयो।

 स्थानीय महिलाहरूमा जीवनयापनका लागि दक्ष शीपको विकास गरी आत्मनिर्भर बनाउने मुख्य  उद्धेश्यका साथ बेलका ०१ भालमन्तिमा पो पनि  सञ्चालन भएको तालिममा जम्मा २० जना महिलाहरुले तालिम प्राप्त गरेका छन्। २० जना सहभागीहरुमध्ये  १० जना महिलाहरुलाई इलेक्ट्रीसियन र १० जनालाई प्लम्बिङ सम्बन्धि तालिम दिइएको थियो। 

 

१ नं वडा अध्यक्ष दिनेश्वर चौधरी ज्यू अध्यक्षता तथा नगर प्रमुख अशोक कार्की ज्यूको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका उपाध्यक्ष सुगम भट्टराई ज्यूको विशेष आतिथ्यतामा  आईतबार  समापन कार्यक्रमका साथ कार्यक्रम सम्पन्न  भएको हो। संस्था-राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजले विभिन्न  कार्यक्रमहरु सन् २००६ देखि नै सिपमुलक, शैक्षिक कार्यक्रमहरु  देशका विभिन्न जिल्लाहरुमा  सञ्चालन गर्दै आइरहेको छ। यसका साथै  विभिन्न शैक्षिक कार्यक्रम तथा यस नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न सहायक सामग्री वितरण पनि गर्दै आईरहेको छ। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *