गृहमन्त्री रमेश लेखक सहित पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरे कोशिकटान क्षेत्रको अवलोकन: गुरु योजना बनाई कोशी कटानको दीर्घकालीन समाधान गर्ने

गृहमन्त्री रमेश लेखक सहित पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरे  कोशिकटान क्षेत्रको अवलोकन:  गुरु योजना बनाई कोशी कटानको दीर्घकालीन समाधान गर्ने

माघ ८, बेलका। उदयपुरकाे बेलका नगरपालिकास्थित कोशी कटान क्षेत्रको मङ्गलवार गृहमन्त्री रमेश लेखक ज्यूले अवलोकन गर्नु भएको छ। बेलका नगरपालिकाका वडा नं २,३,८,९ तथा सप्तरीको सप्तकोशी नगरपालिकामा समेत गरी करिब १५ हजार मानिसहरू जोखिम रहेको यस कोशी कटानको दीर्घकालीन समाधानका लागि यही आर्थिक वर्षभित्र गुरु योजना बनाई अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

उदयपुर क्षेत्र नं १ का सांसद माननीय डा. नारायण खड्का,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका महानिर्देशक डा. भीष्म भुषाल, कोशी बक्राहा नदी नियन्त्रणका इन्जिनियर रमेश भट्टराई, बेलका नगरपालिका मेयर अशोक कार्की, बेलकाका वडा अध्यक्षहरु लगायतका अन्य नेताहरुसहित टोलीले अवलोकन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *