उदयपुरको बेलकामा क्यान्सर तथा गुप्त रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

उदयपुरको बेलकामा क्यान्सर तथा गुप्त रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

उदयपुरकाे बेलका -०१ पुरन्दहमा एक दिवसीय क्यान्सर तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। महिला साना किसान कृषि सहकारी संस्थाको आयोजना र युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। महिला दिदीबहिनीहरुमा गुप्त रोगहरू तथा पाठेघरको क्यान्सर सक्रिय हुँदै गईरहेको हुनाले यसबारे नागरिकहरूमा सचेतना फैल्याउने यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्रका कार्यक्रम संयोजक राजीव बस्नेतले जनाउनु भयो।

करिब २४७ जना महिलाहरुको उपस्थित भएको कार्यक्रममा डा. विनोद पौडेलले विभिन्न प्रकारका क्यान्सर सम्बन्धी महत्वपूर्ण र सचेतनाका विषयहरू जानकारी गराउनु भएको थियो। त्यसैगरी कार्यक्रम संयोजक राजीव बस्नेत ज्यूले गुप्त रोग सम्बन्धी सचेतनामुलक जानकारीहरु अन्तरक्रियात्मक ढङ्गबाट प्रस्तुत गर्नु भएको थियो। यसका साथै संयोजक बस्नेतको अनुसार अब बेलका -०१ को जनता बेलका माध्यमिक विद्यालय, पुरन्दहमा माघ २६ गते महिलाहरु समबन्धि पाठेघरको क्यान्सर तथा अन्य गुप्त रोगबारे नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुनेभएको छ।

 

 

महिला साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा कुमारी फुयाल को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बेलका नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिनेश्वर प्रसाद चौधरी रहेका थिए। यसका साथै कार्यक्रममा बेलका १ र २ का वडा सदस्यहरु, अन्य समाजका अगुवा वर्गहरु तथा वडा १ र २ बाटै महिला दिदिबहिनीहरु सहभागी हुनुभएको भएका थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *