आम सामुदायिक वन उपभोक्ता समुहको २० औ साधारण सभा सम्पन्न
माघ १२,बेलका। बेलका नगरपालिका १ आम्बासि स्थित आम सामुदायिक वन उपभोक्ता समूहको २० औ साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। माघ ११ गते शुक्रवार उक्त समितिको कार्यालयमा सम्पूर्ण उपभोक्ताहरूको उपस्थितिका सम्पन्न भएको छ । यस साधारण सभामा समूहको हरेक क्रियाकलाप पारदर्शी पार्ने र आउँदो कार्यक्रममा वनजङ्गलको संरक्षण गर्नुका साथै जङ्गललाई सही ढंगमा उपभोग गर्दै उपभोक्ताहरुलाई सेवा प्रवाह गर्ने आफ्नो उद्धेश्य रहेको यस सामुदायिक वनका अध्यक्ष दिपेन्द्र खत्रीले जानकारी दिनुभयो।
कार्यक्रममा समितिका अध्यक्ष दिपेन्द्र खत्रिले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। त्यसै गरेर आगामी वार्षिक कार्यक्रमको लागि सभाले कार्यक्रमहरु समेत पारित गरेको छ। समितिले आगामी वार्षिक कार्यक्रमहरूका प्रस्तावहरू उपर निर्णय लेखन समिति गठन गरेको थियो। उक्त निर्णय लेखन समितिले माघ १२ शनिवार आगामी वार्षिक कार्यक्रमका निर्णयहरु लेखी साधारण सभा सम्पन्न भएको छ।
समितिका अध्यक्ष दिपेन्द्र खत्रीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि बेलका नगरपालिका वडा नं १ का वडा सदस्य लिला प्रसाद न्यौपाने, बिशेष अतिथि बेलका बहुउद्देश्यीय सहकारी संस्था लि. अध्यक्ष घनश्याम पोखरेल, बुलबुले भमरा सामुदायिक वन उपभोक्ता समितीको अध्यक्ष गोपाल पोखरेल, विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, स्थानिय बुद्धिजिविहरु र उपभोक्ता लगायतको उपस्थिति रहेको थियो। समितिका सचिव तारा प्रधानले कार्यक्रम संचालन गरेका थिए र समितिका कार्यसमिति सदस्य प्रेम बा. विष्टले अतिथि तथा उपस्थित सबैलाई स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए।