वडा अध्यक्ष तीर्थराज अधिकारीले ह्यापी क्लवका फुटबल खेलाडीहरुलाई सहयोग सामाग्री हस्तान्तरण 

वडा अध्यक्ष तीर्थराज अधिकारीले ह्यापी क्लवका फुटबल खेलाडीहरुलाई सहयोग सामाग्री हस्तान्तरण 

 

माघ १३, बेलका। ४ नं वडा कार्यालय बेलका नगरपालिकाले बेलका -०१ स्थित ह्यापी क्लवलाई फुटबल खेलमा सहयोग स्वरुप खेलाडीहरुलाई जर्सीसहित फुटबल प्रदान गरेको छ। शनिवार बेलका -०४ का वडा अध्यक्ष तीर्थराज अधिकारीले ज्यूले ह्यापी क्लवको खेलमैदान , आम्बासीस्थित १५ जना फुटबल खेलाडीहरुलाई जर्सी सहित एक थान फुटबल हस्तान्तरण गर्नुभएको हो।

 

बेलका -०४ का वडा अध्यक्ष तिर्थराज अधिकारीले बताउनुहुन्छ – “फुटबल खेललाइ उजागर गर्न र खेल प्रति खेलाडिहरुको मनोबल, हौसला र लगाव बढाउने उद्देश्यले ह्यापी क्लवका कर्णधार खेलाडीहरुलाई प्रदान गरिएको हो। खेलकुद क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर लागिरहेका युवाहरुका आधारभूत आवश्यकतालाई हामीले सम्बोधन गर्ने प्रयास गरेका हौ।

 

बेलका -०४ का वडा अध्यक्ष तीर्थराज अधिकारी पछिल्लो समयमा बेलका नगरपालिकाका वडा अध्यक्षहरुमध्य युवाहरुमाझ छुट्टै पहिचान बनाउन सफल भएका वडा अध्यक्ष मानिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *