नेपाल रेडक्रस सोसाइटी तपेश्वरी उपशाखाको निर्वाचन यहीँ २६ गते हुने

नेपाल रेडक्रस सोसाइटी तपेश्वरी उपशाखाको निर्वाचन यहीँ २६ गते हुने

 

माघ १६, बेलका। नेपाल रेडक्रस सोसाईटी तपेश्वरी उपशाखा कार्यसमितिको निर्वाचन यहीँ माघ २६ गते भएको छ। आउँदो कार्यसमिति चयनका लागि निर्वाचनको घोषणा गर्दै उपशाखाले वुधबार गरेको पत्रकार सम्मेलनमा वर्तमान सभापति ध्रुव प्रसाद कोईराला ज्यूले विपद् व्यव्थापनमा योगदान पुर्याउन र उपशाखा चलाउन महत्वाकाङ्क्षी नेतृत्वकर्ता तथा सम्पूर्ण आजीवन सदस्यहरुलाई निर्वाचनमा उपस्थित हुन आव्ह्वान गर्नुभयो।

 

उदयपुरकाे बेलका नगरपालिका -०२ मा रहेको तपेश्वरी उपशाखाको सभाहलमा आज अधिवेशनको खुल्ला सत्र कार्यक्रममा निर्वाचनका लागि मतदाताहरुका नामावली समेत प्रकाशन गरिएको हो। नेपाल रेडक्रस सोसाईटी उदयपुर जिल्ला शाखाबाट निर्वाचन अधिकृतको रुपमा सम्झना राईले आउँदो निर्वाचन सभ्य र भव्य बनाउन तथा आउँदो कार्यसमितिको कार्यकाल फलदायी बनाउन अग्रिम शुभकामना समेत दिनुभयो। उदयपुर जिल्ला शाखा अन्तर्गत रहेको यस उपशाखामा ९३ जना आजीवन सदस्यहरु रहेका छन्। निर्वाचनमा आजीवन सदस्यहरुलाई मात्र मतदानको अधिकार रहेको हुन्छ। अधिवेशनमा सर्वसम्मतले पद चयन पारित नभएपछि मात्र लोकतान्त्रिक पद्धति अनुसार निर्वाचन प्रणालीमा गई मतदान प्रक्रिया अधी बढ्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *