बेलका बाटिकामा भव्य रुपमा सोनाम ल्होसार मनाइएको छ।
माघ १७, उदयपुर। उदयपुरस्थित बेलका नगरपालिका १ बेलका बाटिका को टसि उर्गेन छिरिङ्ग गुम्वामा बिहिबार भव्यरुपमा सोनाम ल्होसार कार्यक्रम सम्पन्न भएको छ। तामाङ्ग समुदायले मनाउने यस पर्वको अवसरमा बेलका बाटिकामा कार्यक्रम गरि मनाइएको हो ।
तामाङ्ग संस्कृति झल्किने नृत्य कार्यक्रमहरु समेत रहेको यस कार्यक्रममा लगभग ५०० मानिसहरू उपस्थित थिए।
बेलका नगरपालिका वडा नं १ स्थित पर्ने यस बेलका बाटिका आन्तरिक पर्यटनको प्रचुर सम्भावना बोकेको एक क्षेत्र हो। चुरे वनको काखमा रहेको यस क्षत्रलाई धार्मिक तथा सांस्कृति पर्यटनको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ। स्थानीय सफकारा तथा अन्य संबधित व्यक्ति तथा निकायहरुले यस क्षेत्रले बोकेको सम्भावनालाई उजागर गर्न ध्यानाकर्षण गर्नुपर्ने देखिन्छ।