बेलकामा आत्मकथा बेच्दै; वैज्ञानिक महाबिर पुन

बेलकामा आत्मकथा बेच्दै; वैज्ञानिक महाबिर पुन

 

माघ १९, बेलकावैज्ञानिक डा. महावीर पुन आफ्नो आत्मकथा लेखिएको पुस्तक विक्री गर्दै उदयपुरको बेलका नगरपालिका आईपुगेका छन्। पुनलाई शुक्रबार बेलका नगरपालिकाको कार्यालयमा स्वागत गरिएको थियो भने आज आफ्ना पुस्तक बेलका -०९, रामपुर बजारमा विक्री गरिरहेका छन्।

 

विक्री गरिएको पुस्तकबाट वीरगन्जमा कृषि औजार उद्योग सञ्चालन गर्ने उद्धेश्यकासाथ पुन अहिले पुस्तक बिक्री गर्दै यात्रा गरिरहेका छन्। बेलका नगरपालिकाले पुनलाई गरेको स्वागत कार्यक्रममा पुनले बेलकालाई सम्वोधन गर्दै भन्छन् – “किताबलाई माध्यम बनाएर व्यक्तिको सोचाई परिवर्तन हुन्छ कि त भनेर अनि कृषि औजार उद्योग चलाएर, त्यसै त सोचाई त परिवर्तन हुँदैन। सोचाई परिवर्तन गर्न मान्छेहरूले त कति भाषण गर्छन् कति के गर्छन्, तर मेरो कुरा के हो भने भाषण गरेर मात्र सोचाई परिवर्तन हुँदैन, काम गरेर देखाउनुपर्छ अनि सोचाई परिवर्तन गर्न सकिन्छ। सोचाई परिवर्तन गर्ने कसको भन्दा खेरी नेपालमा युवाहरुको, विद्यार्थीहरूका र आम नागरिकहरुको सोचाई परिवर्तन गर्नुपर्छ, विद्यार्थी र युवाहरु सबैमा एउटा नैराश्यता के छ भन्दा अहिले नेपालमा जागिर पाइँदैन अब विदेश नै जानुपर्छ, यसलाई जरा गाडेको छ, त्यो स्वाभाविक कुरा हो अहिलेको देशको परिस्थिति अनुसार। र अब कतिले नेपालमै बसेर केही गर्छु भनेर नेपालमै बसेर प्रयासहरू गरिरहेका छन् तर भनेको जस्तो भा’छैन, उनीहरुले कति हन्डर खाइरहेका छन् कति ठक्कर खाइरहेका छन्, निराश भइरहेका छन्। यस्ता निराश भइरहेका युवाहरु अथवा जीवनमा ठूला ठूला सपना देखेका युवाहरु र सपना देखेर नयाँ नयाँ कुरा गर्न खोज्ने युवाहरुलाई प्रोत्साहन दिनका लागि मैले यो किताब लेखेको हो। यो मैले कुनै साहित्य ग्रन्थ लेखेको होइन, ठूला-ठूला विद्वानहरुले मेरो किताब पढदेला र महावीर पुन त यस्तो विद्वान पो रहेछन् र मेरो नाम जपलान् भनेर लेखेको होइन”

 

सन् १९५५ मा जन्म भएको पुन अहिले ७० वर्ष पुगेका छन्, आफ्नो उच्च माध्यमिक शिक्षा सकाएर पुनले १२ वर्षाा ४ वटा विद्यालयमा शिक्षकको रूपमा काम गरेका थिए। सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षा मा स्नातकोत्तर हासिल गरेका थिए। स्नातकोत्तर सकाएर २४ वर्ष पछि आफ्नो गाउँ नाङ्गी फर्किदा उनले दिगो शिक्षाको आवश्यकता महसुस गरेका थिए। जसको सुरुवात उनले हिमान्चल उमाविको स्थापनाबाट सुरुवात गरेका थिए। कम्प्युटर शिक्षा र आय स्रोत वृद्धिलाई ध्यानमा राखी उनले आफ्नो कार्यक्रम अगाडि बढाउदै देशलाई विकाशको ज्योतितिर अग्रसर गराउन थालेका थिए। सन २००१ मा महावीर पुनको ब्रिटिस ब्रोडकास्ट कर्पोरेसन बीबीसीले उनको गाउँगाउँमा इन्टरनेटको पहुँच पुर्‍याउने महत्त्वाकाङ्क्षी योजनालाई विश्वसमुदायमाझ पेस गरिदिएको थियो। बीबीसीको यस समर्थनबाट युरोप र अमेरिकाबाट विभिन्न सहयोगी दाताहरूले पुनलाई आर्थिक सहयोग गरेका थिए। त्यस सहयोगबाट उनले नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इन्टरनेट सञ्चालन गर्न सफल भएका थिए। त्यस पश्चात पुनको कार्यलाई विश्व समुदायले पहिचान गरेको थियो.

 

सन् २००६ मा पुनले समुदायमा गरेको योगदानको आधारमा एसियाको नोबेल पुरस्कार भनेर चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ प्राप्त गरेका थिए. त्यसैगरी पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, ‘जोनाथन बी पोष्टल अवार्ड’, जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसकेका छन्।

 

सन् २०१२ मा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुनले यसै केन्द्र मार्फत बिरगंजमा कृषि औजार कारखाना संचालनमा ल्याउन आर्थिक पक्ष जुटाउन अहिले सडक-सडकमा आफ्नो जीवनी लेखिएको आत्मकथाको पुस्तक बेचिरहेका

छन्.

Leave a Reply

Your email address will not be published. Required fields are marked *