उदयपुरको बेलकामा यहीँ माघ २८ देखि सामाजिक सुरक्षा भत्ता वितरण हुने

उदयपुरमा बेलकामा यहीँ माघ २८ देखि सामाजिक सुरक्षा भत्ता वितरण हुने


माघ २२, बेलका। उदयपुरको बेलका नगरपालिकाको दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता यहीँ मिति २०८१ माघ २८ देखि सुरु भई फागुन ८ गतेसम्म वडा कार्यालयले तोकेको स्थानमा वितरण गर्ने भएको छ।

माघ २८ गते वडा नं १ मा, माघ २९ गते वडा नं २ मा, माघ ३० गते वडा नं ३ मा, फागुन १ गते वडा नं ४ मा, फागुन २ गते वडा नं ५ मा, फागुन ३ गते वडा नं ८ र वडा नं ६ को माथिल्लो भेगमा, फागुन ४ गते वडा ६ को तल्लो भेगमा, फागुन ५ मा वडा नं ७ , फागुन ६ गते वडा नं ९ मा र छुटेकाहरुलाई फागुन ७ र ८ गते नगरपालिकाको कार्यालयमा रामपुररस्थित पंजीकरण शाखाबाट वितरण हुने भएको छ। लाभग्राहीको भत्ता बुझिलिन स्वयं आफू नै उपस्थित हुनुपर्ने छ। बालबालिका अपाङ्गता भएका व्यक्तिको लागि भत्ता कार्डमा तोकिएको संरक्षक उपस्थित हुनुपर्नेछ। अथवा स्वयम लाभग्राहीको उपस्थित हुन नसक्ने अवस्थामा वडाबाट प्रमाणित कागजात सहित उपस्थित भई सेवाग्राहीको भत्ता बुझ्न सक्नेछन्।

गत पुष महिनामा त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण हुनुपर्नेमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नहुँदा पुष महिनामा वितरण हुनसकेको थिएन, सोही भत्ता यहीँ माघ २८ गतेदेखि वितरण सुरु हुने भएको हो।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *