अब तपेश्वरी उपशाखा रेडक्रसको सभापति को बन्ने ? 

अब तपेश्वरी उपशाखा रेडक्रसको सभापति को बन्ने ? 

माघ २४, बेलका। नेपाल रेडक्रस सोसाईटी तपेश्वरी उपशाखाको अधिवेशन यहीँ माघ २६ गते हुँदैछ। अधिवेशनमा नयाँ कार्यसमिति चयन हुनेछ। वर्तमान सभापति ध्रुव प्रसाद कोईराला बताउनुहुन्छ – “सकेसम्म सहमतिकै आधारमा कार्यसमिति चयन हुनेछ, नत्रभने चुनावी प्रक्रियामा जानेछौ।”

यस उपशाखा अन्तर्गत ९३ जना आजीवन सदस्यहरु सहेका छन्। नयाँ कार्यसमितिका लागि यहीँ ९३ जना आजीवन सदस्यहरूबाट नै उम्मेदवारी हुनेछ। चयनका लागि पनि यहीँ आजीवन सदस्यहरुले मत दिनेछन्।

स्रोतका अनुसार यस ९३ आजीवन सदस्यहरुमध्ये सभापति हुन महत्वाकांक्षी केही व्यक्तिहरू अगाडि बढ्न थालेका छन्। केही महत्वाकांक्षी व्यक्तीहरुमध्य बालजित राई र लक्षुमन थापा कडा प्रतिस्पर्धीका रुपमा सतहमा देखिएका छन्। बेलका २ का शिक्षाकर्मी तथा समाजसेवीको रुपमा रुपमा चिनिने राई २०५४ सालको साविक तपेश्वरी गाविस वडा अध्यक्ष र बाल विद्या मन्दिर इङ्गलिस बोर्डिङ्ग स्कूलका संस्थापक समेत हुन्। त्यसैगरी यता थापा बेलका नगरपालिका २ नं वडामा एक दशक बढी सामाजिक कार्यहरूमा सक्रिय हुँदै वर्तमान यस उपशाखा रेडक्रसका उप सभापति समेत हुन्।

वि. स. २०७३ सालमा तपेश्वरी उपशाखा रेडक्रस सोसाईटीको स्थापना भएको थियो। संस्था स्थापना अगाडिको पृष्ठ भूमिकाम तत्कालिन समुदायिक विपद् व्यवस्थापन समितिको प्रमुख भूमिका रहेको छ। २०७० सालमा सक्रिय सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक ध्रुव प्रसाद कोइरालाका नेतृत्वमा ६५ जना आजीवन सदस्यहरुको साथ विपद् व्यवस्थापनलाई अझ प्रभावकारी ढङ्गबाट अपनाइनु लागि २०७३ सालमा यस उप शाखा रेडक्रसको स्थापना भएको थियो । कोईराला सम्झिन – तत्कालीन अवस्थामा यस उपशाखाको स्थापना गर्दा मुठि दान गरेर स्थापना भएको यस उपशाखा आज उदयपुर जिल्ला र पहिलो र उत्कृष्ट उपशाखाको रुपमा स्थापित गर्न पाउँदा ज्यादै हर्षित छन् , यसलाई उत्कृष्ट बनाउन अपूरणीय योगदान दिएका स्व. राजेन्द्र बस्नेत, भीम खड्का, दिनेश्वर प्रसाद चौधरी लगायतका सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई सम्झिन चाहन्छन्। जतिबेला स्थापना भएर आयो त्यतिबेला बस्ने उपशाखाको कार्यालय राख्ने ठाउँ समेत थिएन, सप्तकोशी बेलका सामुदायिक वन उपभोक्ता समूहले एउटा कोठा दिएर जुन उदारया व्यक्त गर्यो त्यसैगरी यस उपशाखाको भवन बनाउन जग्गा समेत उपलब्ध गरायो, भवन बनाउनलाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका तत्कालीन संजीव थापा ज्यू र जिल्ला शाखा उदयपुरका तत्कालीन सभापति विनोद बस्नेत ज्यू लगायतका व्यक्तिहरूलाई सम्झिदै कृतज्ञता व्यक्त गर्दछन्। उदयपुर जिल्लाकै पूर्वी क्षेत्रमा विपदबाट बाढी प्रभावित वर्षेनी डुवान र तोपानबाट वर्षेनी प्रभावित भइरहने यो क्षेत्रमा आफ्नै पारिवारिक क्षेत्र सम्झिएर सहयोग गरिरहने ने.रे.सो. का केन्द्रीय सदस्य विनोद बस्नेतको उल्लेखनीय योगदानलाई समेत सम्झिन चाहन्छन्।

हरेक वर्ष बाढी, डुवान टोपान जस्ता प्राकृतिक प्रकोपबाट क्षति खेपीरहने यस क्षेत्रमा यस उपशाखाको महत्वपूर्ण भूमिका रहने गर्दछ।

आजीवन सदस्यहरुको नामावली तल हर्न सक्नुहुनेछ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *