टोरेसको ह्याट्रिकसँगै बार्सिलोना सेमिफाइनलमा

माघ २५,बेलका। फेरान टोरेसको ह्याट्रिकको मद्धतले बार्सिलोनाले बिहीबार भ्यालेन्सियालाई ५–० ले हराएको छ र कोपा डेल रेयको सेमिफाइनलमा स्थान बनाएको छ ।

कीर्तिमान ३१ पल्टको च्याम्पियनका लागि फेरमिन लोपेज र लामिन यामलले पनि गोल गरे । टोरेस भ्यालेन्सियाकै पूर्व खेलाडी हुन् र उनले त्यही प्रतिद्वन्द्वीविरुद्ध तीन गोलको उपलब्धी चुमे । त्यस अगाडि रियल सोसिडाडले पनि प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको थियो । उसले भने दस खेलाडीमा सीमित ओसासुनालाई २–० ले हरायो ।

यसमा एन्डर बारेनटेक्सा र ब्राइस मेन्डेजले एक एक गोल गरे । यससँगै प्रतियोगताको अन्तिम चारमा खेल्न चारै टिमको निर्णय भएको छ । सेमिफाइनल पुग्ने अन्य दुई टिममा रियल म्याड्रिड र एथलेटिको म्याड्रिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *