तपेश्वरी उपशाखा रेडक्रसको सभापतिमा लक्षुमन थापा
माघ २६, बेलका। नेपाल रेडक्रस सोसाइटी तपेश्वरी उपशाखाको अधिवेशनबाट सहमति प्रक्रियाद्वारा लक्षुमन थापा सभापतिमा निर्वाचित हुनु भएको छ।
शनिवार तपेश्वरी उपशाखा रेडक्रस सभाहलमा भएको अधिवेशनमा सभापतिका लागि लक्षुमन थापा, बालजित राई र नीलाराजा कोईराला गरी तीनजना उम्मेदवार रहेका थिए। २०७३ सालमा स्थापना भएको तपेश्वरी उपशाखा जिल्लाकै उत्कृष्ट उपशाखाको रुपमा परिचित रहेको छ।
यस भन्दा अगाडि लगातार दुई कार्यकाल ध्रुव प्रसाद कोईराला सभापति थिए। कोईराला अब जिल्ला स्तरीय कार्यसमितिमा जाने विषय यहीँ अधिवेशनमा खुलासा गरे।