बेलकाको नि:शुल्क महिला स्वास्थ्य शिविरमा ११ जनालाई पाठेघरको क्यान्सरको अति उच्च जोखिम

बेलकाको नि:शुल्क महिला स्वास्थ्य शिविरमा ११ जनालाई पाठेघरको क्यान्सरको अति उच्च जोखिम

 

माघ २६, बेलका। उदयपुरको बेलका नगरपालिका वडा नं १ अन्तर्गत जनता बेलका माध्यमिक विद्यालयस्थित महिला साना किसान कृषि सहकारी संस्था तपेश्वरीको आयोजना, युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारीको प्राविधिक सहयोगमा शनिवार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। समुदायका महिलाहरूमा हुने पाठेघर सम्बन्धी तथा गुप्त किसिमका रोगहरूलाई पहिचान गरी उपचार गरी महिला स्वास्थ्य सेवाको पहुँच ग्रामीण भेगमा पुर्याउनु नै शिविरको मुख्य उद्धेश्य रहेको युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग सेवा केन्द्र उर्लाबारीका कार्यक्रममा संयोजक राजीव बस्नेत ज्यूले जनाउनु भयो।

कार्यक्रमलाई निरीक्षण गर्दै बेलका नगरपालिकाका नगर उप-प्रमुख जिरा राईले स्थानीय स्तरमै महिला सम्बन्धी स्वास्थ्य सेवाको पहुँच ल्याएकोमा खुशी व्यक्त गर्दै नगर सरकारले समेत यस प्रकारका कार्यक्रम ल्याउनुपर्ने विषयमा विशेष जोड दिनुभएको छ।

बेलका नगरपालिकाको १ र २ नं वडामा सक्रिय रहेको यस महिला साना किसान कृषि सहकारी संस्थाले गरिव, पिछडिएका आदिवासी जनजाति समग्र समुदायका महिलालाई समेटेर उनीहरूका क्षमता अभिवद्धिका लागि सिपमुलक तालिम तथा महिलाहरुका स्वास्थ्य समस्या सम्बन्धी विभिन्न किसिमका शिविरहरु सञ्चालन गर्दै आइरहेको महिला साना किसान सहकारी संस्था लिमिटेड की प्रतिनिधि यशोधरा पोखरेल ज्यूले बताउनु भयो।

यस शिविरमा जम्मा ३०५ जना महिलाहरुले आफ्नो स्वास्थ्य नि:शुल्क जाँच गराएका छन्। रगत जाँच तथा अन्य औषधि उपचारसमेत नि: शुल्क रहेको यस शिविरमा विशेष गरी महिलाहरुको पाठेघर सम्बन्धी समस्या तथा गुप्त रोगहरू जाँच गरिएको हो।

२५० जना महिलाहरुलाई महिला रोग विशेज्ञ डा. विद्या पोखरेलले जाँच गर्नुभएको छ भने ५५ जना महिलाहरुलाई जनरल सर्जन डा. प्रवीण कुमार यादवले जाँच गर्नुभएको हो। ४५ जना महिलाहरुले निःशुल्क ल्याब सेवा उपयोग गरेका छन् भने १४२ जनाले नि:शुल्क औषधिको सेवा प्राप्त गरेका छन्। जाँचको क्रममा ११८ जना महिलाहरुले पाठेघरको क्यान्सर समबन्धि जाँच गरेका थिए जसमा ४२ जना महिलाहरुको पाठेघरको अवस्था अस्वस्थ देखिएको छ । जसमा ११ जना महिलाहरुको पाठेघरको क्यान्सर हुनसक्ने अति उच्च जोखिम देखिएको छ। क्यान्सरको अति उच्च जोखिममा परेका ११ जना महिलाहरुलाई परामर्श सेवा सहित थप उपचारको लागि सुझाव समेत दिइएको छ। ५ जना महिलाहरुको आङ खाने समस्याको लागि रिङ यसै शिविरमा रिङ लगाईएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *