धरान बजारमा बेलकाको कृषि उत्पादन पुर्याउने प्रतिवद्दता
फागुन २, बेलाका । बेलका नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा नगरपालिकाको कृषि समितिको बैठकबीच धरान कृषिउपज बजार व्यवस्थापन समिति, बेलकाका कृषकहरु र स्थानीय सरकार बेलका नगरपालिकाबीच त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार भएको यस अन्तरक्रिया कार्यक्रमले बेलकाको कृषि उपजहरुलाई उचित मुल्यका साथ धरान बजारमा निर्यात गर्न बेलका नगरपालिका र धरान कृषिउपज बजार व्यवस्थापन समितिबीच सम्झौतागरि अगाडी बढ्ने विषय उजार भएको छ।
कृषि उपज व्यवस्थापन समिति धरानका व्यवस्थापक लक्षमण भट्टराईले कार्यक्रम कृषकहरुका बजार व्यवस्थापन समबन्धि समस्या र गुनासाहरुलाई सम्बोधन गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय आयातलाई रोक्न समेत योगदान पुग्ने बताउँदै स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्न स्थानीय सरकारले बजारसँग सम्झौता गरी कृषकहरुलाई सहजीकरण गर्न सकिने सम्भावनबारे उजागर गर्न सकिने कुरा बताए। उत्पादनलाई बजारमूल्य मा बेचिदिने प्रतिवद्धता जाहेर गरे।
“बेलका नगरपालिकामा कृषि योग्य जग्गा प्रशस्त रहेको छ। त्यस क्षेत्रमा कृषि उत्पादनलाई व्यवस्थित गर्न नगरपालिका अहिले प्रयासरत छ। बेलकाको कृषकहरुलाई उचित बजार मूल्य प्रदान गरी यहाँको उत्पादनहरुलाई बजार व्यवस्थापनका लागि धरान बजार व्यवस्थापन समितिसँग सम्झौता गर्न तयार रहेको छ।” कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक कार्की ज्यूले बताउनुभयो।
कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरि ले कार्यक्रम बोल्दै कृषकहरुलाई उत्पादनको गुणस्तरमा मुख्य जोड दिन र कृषकहरुलाई बजार मूल्यबारे बुझेर मात्र कारोबार गर्न बजार संघसँग समन्वय गर्दै अगाडि बढ्न आव्ह्वान गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नगर उप प्रमुख जिरा राई ज्यूले कृषकहरुका समस्या र चुनौतीहरुलाई कृषकद्वारा नै संगठित रुपमा आफ्नो आवाज उठाउन पर्ने कुरामा जोड दिदै स्थानीय सरकार बेलका नगरपालिका कृषि पेशाका विकास र प्रवर्द्धनका लागि प्रतिवद्ध रहेको जनाउनु भयो।
अन्तरक्रिया कार्यक्रममा कृषकहरुले उचित बजार मूल्य नपाउने, समयमा मल उपलब्ध नहुने, ढुवानीमा समस्या तथा कृषि उपज स्टोरको समस्या लगायतका समस्याहरु राखेका थिए।