जनता बेलका माविको २४ कोठे भवनको उदघाटन गर्न मा. डा. नारायण खड्का भारतीय राजदुतावासका प्रशन्न श्रीवास्तव आउँदै
फागुन ३, उदयपुर। दयपुरको बेलका नगरपालिका १ पुरन्दहस्थित जनता बेलका माध्यमिक विद्यालयमा नव निर्मित २४ कोठे भवनको उदघाटन फागुन ४ गते आईतबार हुने भएको छ। उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा मा. डा. नारायण खड्का र विशेष अतिथिको रुपमा नेपालस्थित भारतीय राजदुतावासका नियोग उप प्रमुख प्रशन्न श्रीवास्तव ज्यूको उपस्थिति हुने बेलका नगर प्रमुखको कार्यलयले पुष्टी गरेको हो।
Indian Grant Assistance for Implementation of Small Development Project (SDP) अन्तर्गत बेलका नगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदुतावासबीच भएको त्रिपक्षय सम्झौता अनुसार यस विद्यालयको भवन निर्माण कार्यक्रम सम्पन्न भएको हो।
बेलका नगरपालिकाको आयोजनामा जनता बेलका मा.वि. कै प्राङ्गणमा कार्यक्रम आईतवार बिहान ११ बजेदेखि सुरु हुने जनाईएको
छ।