डा. नारायण खड्का, भारतीय राजदुतावासका प्रशन्न श्रीवास्तव र मेयर अशोक कार्कीले गरे २४ कोठे भवनको संयुक्त उदघाटन

डा. नारायण खड्का, भारतीय राजदुतावासका नियोग उप प्रमुख प्रशन्न श्रीवास्तव र मेयर अशोक कार्कीले गरे २४ कोठे नव निर्मित भवनको उदघाटन

फागुन ४, उदयपुर।  जनता बेलका मावि पुरन्दहको नव निर्मित २४ कोठे भवनको आईतबार समुद्घाटन भएको छ। उदघाटन समारोहमा मा. डा. नारायण खड्काको प्रमुख आतिथ्यता र भारतीय राजदुतावासका प्रशन्न श्रीवास्तव ज्यूको विशेष आतिथ्यतामा भवनको उदघाटन सम्पन्न भएको हो

यस भवनको कुल अनुमानित लागत ५ करोड ६७ लाख ५९ हजार ५ सय ७१ र ९१ पैसा रहेको थियो। खुल्ला बोलपत्र मार्फत सबैभन्दा कम अङ्क रुपैँया कबोल गर्ने निर्माण कम्पनी समृद्ध सम्पन्न विजय सृजना जेभि नयाँ बानेश्वर काठमाडौंले ४ करोड ३३ लाख ५३ हजार ५ सय १ र ३१ पैसा लागतमा २०८० साल असोज ३० गते सम्झौता भई निर्माण कार्य सुरु गरेको थियो।

यस उदघाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदुतावास नियोग उप प्रमुख प्रशन्न श्रीवास्तव ज्यूले नेपाल र भारतबीच सभ्यता र संस्कृतिको सम्बन्ध रहेको कुरा उजागर गर्नुभयो। उप प्रमुख श्रीवास्तव ज्यूले शिक्षामा गरिएको यस भौतिक पूर्वाधारको लाभ उठाउँदै स्थानीय विद्यार्थीहरुले आफू, आफ्नो परिवार र समुदायलाई विकसित गर्दै लैजानुपर्ने विषय व्यक्त गर्नुभयो। यसका साथै भारतीय राजदुतावासले २० वर्ष अघिदेखि यस्तै प्रकारका शैक्षिक तथा भौतिक विकासका पूर्वाधारहरुका ५३० योजनाहरू सम्पन्न गरिसकेको विषय समेत उल्लेख गर्नुभयो।

पूर्वपरराष्ट्र मन्त्री मा. डा. नारायण ज्यूले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै यस २४ कोठे भवनको ग्रामीण भेगको शैक्षिक गुणस्तर उल्लेखनीय भूमिका खेल्ने जनाउनुभयो। यसका साथै मा. खड्का ज्यूले निर्माण कार्य सम्पन्न पछि बाकी रहेको १ करोड ३३ लाख रकमको यसै विद्यालयमा कम्प्युटर ल्याब र फर्निचरमा खर्च गरिने कुरा समेत उल्लेख गर्नुभयो।

बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्की ज्यूले यस योजनाको सुरुवाती चरणहरुमा विभिन्न चुनौतीहरुलाई आए पनि निर्माण योजनालाई समयमै सम्पन्न गरेको कुरा उल्लेख गराउनुभयो। यसका साथै नगर प्रमुख कार्की बाटो, विद्यालय र कोशी व्यवस्थापनमा समेत मा. डा. नारायण खड्का र नियोग उप प्रमुख प्रशन्न श्रीवास्तव ज्यूको ध्यान ध्यानाकर्षण समेत गराउनुभयो।

त्यसैगरी कार्यक्रममा आफ्नो मन्तव्य गर्दै नगर उप प्रमुख जिरा राई ज्युले यस योजना सुरुवात र सम्पन्न गर्न मुख्य भूमिका खेल्नु हुने संघीय माननीय डा. नारायण खड्का र भारतीय राजदुतावासका उप प्रमुख श्रीवास्तव ज्युलाई कृतज्ञता प्रकट गर्नुहुँदै समुदायका विद्यालयहरुलाई समुदायले नै अपनत्व लिई अगाडि बढाउनुपर्ने कुरालाई जोड दिनुभयो।

यस नवनिर्मित भवनबाट ८५० जना विद्यार्थीहरु लाभान्वित हु

ने छन्।

Indian Grant Assistance for Implementation of Small Development Project (SDP) अन्तर्गत बेलका नगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदुतावासबीच भएको त्रिपक्षय सम्झौता अनुसार यस विद्यालयको भवन निर्माण कार्यक्रम सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *