सांस्कृतिक जागरण किन आवश्यक छ ?
साँस्कृतिक जागरण बिना हाम्रो देशको खुशी,शान्ति बिकास र समृद्धि असम्भव छ।
जनताको बिकास,समृद्ध,खुशी,शान्ति र स्वास्थका लागि स्थानीय उत्पादन सहितको हाम्रो आफ्नै मौलिक साँस्कृतिक जागरण आवस्यक छ।
हाम्रो देश साँस्कृतिक विविधताले सम्पन्न छ।किराँत,खस आर्य,नेवा,तामाङ्ग,गुरुङ्ग,धिमाल,थारु लगायत सबैको खानपिन,उपचार विधि,भेषभुषा,वाद्यवादन,मान्यता,परम्परा संगित,भाषा,पर्वहरु सबै फरक छ्न।
जन्म,बिबाह,मृत्यु सँस्कार सबै मौलिक छन्,बिशिष्ट छ्न।यो विविधता र मौलिकता हामी नेपालीको निकै ठूलो सम्पत्ती हो।
हामिले त्यसको पहिचान,बिकास र अभ्यासमा ध्यान दिनपर्नेछ।
बिदेशी सँस्कृतिले हामी नेपालीलाई अंगाल बनाउदै भ्रस्टिकरण तर्फ धकेलिसकेको छ।
हाम्रो चिन्तन प्रणाली र आनीबानी निकै खराव भैसकेका छौं।हामिलाई हाम्रो खानपिन,सामाग्री,भेषभुषा,भाषा,मूल्यमान्यता सबै चिज मन नपर्ने भैसकेको छ।विदेशीको चै हरेक चिज मनपर्ने मनोविज्ञान बनिसकेको छ।हाम्रो यस्तो मनोविज्ञान बनाउन विदेशीले अरबौं डल्लर खर्च गरेकाछ्न।हामी निकै सचेत भएनौ भने आउने पुस्ताले निक्कै दुख पाउने वाला छ्न।
हाम्रो देशका निक्कै पढे लेखेका हुँ भन्ने हरुले सँस्कृति,इतिहास र समाजशास्त्र को बिषयमा नबुझ्दा र नजान्दा को परिणाम हो आजको देशको समस्या।अनेक छन् समस्या ।गरिबी,अनेक प्रकारको रोग,बेरोजगारी ,परनिर्भरता,दरिद्रता,मुर्खता,घमण्ड,अहंकार,यि सबै समस्या हुन।
के हो त सँस्कृति?
खानपिन को तौर तरिका र खानपिनमा प्रयोग हुने सामाग्री र प्रयोगको विधिपनि सँस्कृति हो।
जन्म,बिबाह,पर्व,उत्सव र मृत्यु सँस्कारहरू सबै सँस्कृतिभित्र पर्छ्न।तिनमा प्रयोग हुने सामाग्री,मूल्य मान्यता,चलन सबै नै सँस्कृतिभित्र नै पर्दछन्।
हामी नेपालीले पहिलो प्राथमिकता आफ्नै खेत,वारि,वन ,जंगल मा उत्पादन भएका वस्तुलाई दिनुपर्छ।त्यो हाम्रो सँस्कृति हो।त्यो हाम्रो माटोसँग मन संग र चेतनासँग गाँसिएको छ।यसले आत्मनिर्भर अर्थतन्त्र बनाउछ।हामिले हाम्रो संस्कृतिहरूलाई उर्वर बनाउदै वैज्ञानिक ढंगले विकसित गर्नुपर्छ।
मकै,कोदो,धान,गहुँ,दाल,तर्कारी,स्थानीय उत्पादन जाँड,रक्सी,र स्थानीय फलफूल ,स्थानीय माछामासुको मात्रै प्रयोग गर्ने सँस्कृति हाम्रो मौलिक सँस्कृति हो।
खाने र प्रयोग गर्ने तौरतरिका पनि हाम्रो आफ्नै मौलिक छ।
अन्य देशको सामान सकेसम्म प्रयोग नै नगर्ने हाम्रो पुर्वजको परम्परा र सँस्कृति थियो।त्यो हामिले पुनः स्मरण र अभ्यास गर्नुपर्छ।
बिदेशी रक्सी,बियर,चुरोट,लत्ताकपडा ,संगीतका सामाग्री ,औषधि सबै सकेसम्म त्याग्नुपर्छ।त्यसले हाम्रो देशको धेरै नै पैसा,धन अन्य देश लगिरहेको छ।
यो सबै गरेर हामी नेपालीलाई काम गर्नै मन नलाग्ने बनाइएको छ।र,हामिलाई बजार को रुपमा मात्रै बिकास गरिएको छ।उनीहरुको सामान बेच्ने बजार बनाइयो हामिलाइ।
अब हामी संगठित भएर श्रम संग जोडिनु छ,उत्पादन गर्नु छ।र,आफ्नै देशमा उत्पादन भएको खाद्यन्न खानुछ। जे हुन्छ त्यही खाने सकेसम्म आफ्नै माटो र देश मा उत्पादन भएको,नेपाली कै लगानीमा नेपालीहरुले नै उत्पादन गरेको बस्तु मात्रै प्रयोग गर्ने सँस्कृति बिकास गर्नुछ।
यो सबै काम एकजना व्यक्ति ले हुँदैन,संगठित बन्नैपर्छ।
यो बिषयमा गम्भीर बहस आवस्यक छ।
यदि तपाईहरु यी बिषयमा बैचारिक बहस गर्न चाहनुहुन्छ भने आउनुहोस् हामी छलफल र बहस गरौँ।हाम्रो समाज र देशको समस्या समाधान गर्न सँगै हातेमालो गरौँ ।
नाम:रमेश लामिछाने
घर:बेलका ९रामपुर,
पेशा: व्यवसाय
सम्पर्क ९८२४७२१५६७