आजदेखि सामाजिक उद्धेश्यका लागि सार्वजनिक सप्ताह पुराण सुरु हुँदै

आजदेखि सामाजिक उद्धेश्यका लागि सार्वजनिक सप्ताह पुराण सुरु हुँदै 

फागुन ०८, उदयपुर। बेलका नगरपालिका वडा नं २, भागलपुरको आदर्श टोलस्थित लक्ष्मी नारायण मन्दिरमा आज विहीवारदेखि सार्वजनिक सप्ताह पुराण सुरु हुँदैछ। वृद्दवृद्दा, अशक्त, असहायहरुका लागि थेरापी मेसिन,मन्दिरदेखि पछाडि पट्टीको क्षेत्रमा पिकनिक स्पट तथा वृद्दवृदाहरुका लागि सामुदायिक चौतारी निर्माण गर्ने जस्ता सामाजिक कार्यहरु गर्ने यस पुराणको मुख्य उद्धेश्य रहेको प्रचार प्रसार समितिका संयोजक पिताम्बर कोईरालाले जानकारी दिनुभयो।

समुदायमा धार्मिक गतिविधिका माध्यममार्फत सकारात्मक सामाजिक कार्यहरु गर्न सम्भव छ भन्ने विषयको संदेश दिन लागिरहेको यसकार्यक्रममा कुनैपनि आर्थिक बजेट बिना नै समुदायकै युवाहरु जुटेर सुरु हुँदैछ। पुराना कार्यक्रममा उठ्ने दान, दक्षिण र सहयोग रकमले नै पुराणको खर्च कटौती गर्ने बाकी रहेको रकमले उद्धेश्य बमोजिम सामाजिक कार्यहरू गर्ने यस आयोजक समितिका अध्यक्ष डाक प्रसाद कट्टेल ज्यूले बताउनुभयो। कट्टेल भन्छन् “ देश तथा विदेशमा रहनुहुने महानुभावहरुले यस पुराण कार्यक्रमलाई सहयोग गर्न कन्जुस्याई नगरीदीनुहोला, हामी धार्मिक र सामाजिक कार्य सँगसँगै गर्नेछौं।”

फागुन ८ देखि सुरुहुने यस सार्वजनिक पुराण कार्यक्रम फागुन १५ गतेसम्म हुनेछ। यस कार्यक्रममा दैनिक २०० बढी भक्तजनहरू उपस्थित हुने आंकलन गरिएको

छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *