उदयपुरको बेलकामा जन्तिमा आएको गाडि दुर्घटना !
फाल्गुन १२, बेलका! उदयपुरको बेलका नगरपालिका १, भालमन्ति स्थित विबाहमा जन्ति आएको स.१ च.८०५ नंवर रहेको स्कार्पियो गाडि अनियन्त्रित भइ दुर्घटना भएको छ । प्रहरि पोष्ट आम्बासिमा खटिनु भएका हबल्दार चतुरदेव धामिका अनुसार “उक्त गाडिमा चालक संजय चौधरी र गाडिमा सवार रहेका २१ वर्षिय अमित चौधरी र १९ वर्षिय मिसन चौधरीलाइ सामान चोटपटक लागेको छ”।
सामान्य चोटपटक लागेका घाइतेलाइ स्थानिय क्लिनिक बेलका मोडेल पोलिक्लिनिकमा उपचाररत छन् । दुर्घटनाग्रस्त गाडि सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरवाट आम्बासिको भालमन्ति स्थित विबाहमा आएको थियो ।