१४ फागुन, उदयपुर। काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्दै छन् ।
खेल साँझ ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । बिदाको दिन परेकाले फाइनल हेर्न ठुलो संख्यामा दर्शकको उपस्थिति हुने अनुमान छ ।