रामपुर पब्लिक एकेडेमिको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न
उदयपुरको बेलका नगरपालिका वडा नं ०९, रामपुर बजारमा रहेको रामपुर पब्लिक एकेडेमीले भव्य रुपमा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
बेलका नगरपालिकाको शैक्षिक क्षेत्रमा विगत २० औं वर्षदेखि योगदान पुर्याउदै आईरहेको यस विद्यालयले २०८० एस इ इ मा बेलका नगरपालिकाकै उत्कृष्ट नतिजा प्राप्त गरेको प्राधानाध्यपक ललित राई ज्युले बताउनुभयो।
कोशि प्रदेश प्रतिनिधि सभका माननीय राजन किराँती ज्यूको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रममा विद्यार्थिहरुले नृत्यकला,गायनकला तथा नाटक कार्यक्रम प्रस्तुत गरेका थिए। निजि विद्यालयहरुप्रति नागरिकहरुकहाँ छाप परेका गलत संदेशहरु यश विद्यालयले तोडेर अगाडि बढिरहेको माननीय किराँतीले ज्यूले बताउनुभयो।
बेलका नगरपालिकाकै उत्कृष्ट विद्यालयहरुमध्य कै एक यश विद्यालयमा हाल ५५० भन्दा बढि विद्यार्थिहरुले अध्ययन गरिरहेका छन्।