बेलकाका गायक गर्जमानको पहिलो गीत ‘बिसन्चो पो भयौ की’ सार्वजनिक भएको छ

बेलकाका गायक गर्जमानको पहिलो गीत ‘बिसन्चो पो भयौ की’ सार्वजनिक भएको छ

फागुन १९, बेलका। उदयपुर बेलका नगरपालिका वडा नं ६ का गायक गर्जमान विश्वकर्माको ‘बिसन्चो पो भयौ की’ बोलको  पहिलो गीत सार्वजनिक भएको छ। गर्जमान उदयपुर आइडल टप 6 फाइनलिष्ट मध्यका वेस्ट पर्फमेन्स अवार्डका विजेता समेत हुन्।

आधुनिक  विधाका यस गीत इटहरी स्थित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमार्फत गीत र भिडियो रेकर्डिङ गरिएको हो। गीतको म्युजिक भिडियो रेकर्डिङ स्टूडियो कै आधिकारिक युट्युब च्यानल ‘Purwanchal Music’ मा सार्वजनिक गरिएको छ। उक्त गीतमा  शब्द र संगीत बाबुराम गजमेरले दिएका छन् भने रणदीप भुजेलले ‘अरेन्ज’ गरेका छन्। यस गीतमा प्रेम र बिछोडका पीडाहरू पोखिएको पाउन सकिन्छ।

२३ वर्षीय गर्जमान बेलका नगरपालिका वडा ६ का स्थायी निवासी हुन्। विगत ५ वर्षदेखि उनी नेपाल शसस्त्र प्रहरी बलमा कार्यरत रहेका छन्। शसस्त्र प्रहरी बलमा कार्यरत रहेतापनि संगीतको भोक भने उनले कहिल्यै मर्न दिएनन्। त्यसै अनुरूप सन् २०२४ मा उदयपुर आइडलमा उनले अडिसन दिएका थिए। त्यसपश्चात उनको जीवनको नयाँ साङ्गीतिक अध्याय सुरु भएको थियो। अडिसनमा उनले उत्कृष्ट प्रस्तुति पस्किएपछि उनी त्यस आइडलको भोटिङ राउण्ड हुँदै ग्रान्ड फिनालिको टप ६ फाइनालिष्ट हुन पुगेका थिए। ग्रान्ड फिनालीमा गर्जमानाले ‘वेस्ट पर्फमेन्स अवार्ड’ समेत हात पार्न सफल भएका थिए। बेलका नगरपालिकाबाट एकमात्र  सहभागी गर्जमान उदयपुर आइडलको फाइनलमा पुगेपछि उनको बेलकामा चर्चा चुलिएको थियो।

उनको गीत हेर्न यहाँ क्लिक गर्नुहोस्: https://youtu.be/3Tag-VhP31Y?si=nQOc3cOyrBNFb63h

Leave a Reply

Your email address will not be published. Required fields are marked *