सप्तकोशी बेलका सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा यहीँ फागुन २४ गते हुने

सप्तकोशी बेलका सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा यहीँ फागुन २४ गते हुने

फागुन -१९, बेलका। सप्तकोशी बेलका सामुदायिक वन उपभोक्ता समूहको आमाभेला(साधारण सभा) यहीँ फागुन २४ गते समितिकै कार्यालय भवन बेलका ०२, भागलपुरमा हुने सूचना जारी भएको छ।

सामुदायिक वन समिति विघटन, गठन तथा गाट गद्दीमा रहेका काठहरु तथा अन्य विविध विषयहरुमा छलफल गर्न साधारण सभा हुने समितिका अध्यक्ष मधु ढकाल ज्यूले बताउनुभयो।

कार्यक्रम शनिवार ११ बजेदेखि सुरु हुनेछ भने कार्यक्रममा निम्न विषयहरुसम्बन्धी छलफल हुने भएको छ:
१. आ. व. २०८०/८१ को आय-व्याय सम्बन्धमा
२. आ. व. २०८१/०८२ वार्षिक कार्यक्रम सम्बन्धमा
३. काठ सङ्कलन सम्बन्धमा
४. विधान संशोधन सम्बन्धमा
५. निवेदनहरुका सम्बन्धमा
६ समिति विघटन सम्बन्धमा
७. समिति गठन सम्बन्धमा
६. विविध सम्बन्धमा

९ सय बढी घरधुरी सदस्य भएको यस वन समितिले यस आमसभामा सम्पूर्ण उपभोक्ताहरुलाई उपस्थितिको लागि हार्दिक आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *