बेलका नगरपालिकाको सूचना प्रकाशन: फागुन २६-२८ गते निःशुल्क अप्रेशन सहितको आँखा शिविर

 

बेलका नगरपालिकाको सूचना प्रकाशन: फागुन २६-२८ गते निःशुल्क अप्रेशन सहितको आँखा शिविर

फागुन २०, बेलका। यहीँ फागुन २६,२७ र २८ गतेका उदयपुरको बेलका नगरपालिकाको कार्यालय परिसरमा अप्रेशन सहितको निःशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी बेलका नगरपालिका कार्यालयले सूचना प्रकाशन गरको छ।

उक्त सूचनामा नगरपालिका भित्रका वडाहरूमा भएका संघ संस्था, टोल विकास संस्था तथा सम्बन्धित सरोकारवाला निकायहरुलाई समन्वय गरी शिविर समबन्धि सूचना प्रवाह गर्न सम्पूर्ण वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु लाई अनुरोध समेत गरिएको छ।

यस निःशुल्क शिविर  कार्यक्रम बेलका नगरपालिकाको कार्यालय र मेची आँखा अस्पताल, बिर्तामोड झापाको संयुक्त साझेदारीमा आयोजना भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *