बेलका नगरपालिकाको सूचना प्रकाशन: पशुपंछी खोप कार्यक्रम सञ्चालन सम्बन्धि सूचना
बेलका नगरपालिकाले पशुपंछी खोप कार्यक्रम समबन्धि सूचना प्रकाशन गरेको छ। प्रकाशित सूचना अनुसार यहीँ फागुन २२ गते देखि बैशाख १७ गतेसम्म १ देखि ९ वटै वडाहरूमा खोप कार्यक्रम सञ्चालन हुनेछ।
घर पालुवा जनावर तथा पशु चौपायाहरुलाई यस खोप कार्यक्रममा लम्पी स्किन डिजिज खोप, पीपीआर, क्लासिकल स्वाइन फिभर र रानीखेत गरी चार प्रकारका खोपहरु दिइनेछ।
कुन वडामा कहिले पशुपंक्षि खोप लगाईने?
वडा नं ५ मा फागुन २२ गते र २४,२५,२६ र २७ गते
वडा नं ४ मा फागुन २८ गते र चैत्र ३,४,५ र ६ गते
वडा नं ६ मा चैत्र ७ र ८ गते र चैत्र १०, ११ र १२ गते
वडा नं ९ मा चैत्र १२,१३,१४,१७ र १८ गते
वडा नं ३ मा चैत्र १९,२०,२१,२२ र २४ गते
वडा नं २ मा चैत्र २५,२६,२७,२८ र २९ गते
वडा नं १ मा चैत्र ३१ गते र २०८२ वैशाख २ देखि ५ गतेसम्म
वडा नं ८ मा २०८२ वैशाख ७,८,९,१० र ११ गते
वडा नं ७ मा २०८२ वैशाख १२, १४,१५,१६ र १७ गते
खोपको लागि कसलाई सम्पर्क गर्ने ?
वडा नं ४,५ र ६ का लागि अम्भा दत्त पन्त(९८६५७९११५०)
वडा नं ३ र ९ का लागि सपना राई(९८४३१७८२७४)
वडा नं १ र २ का लागि सुबास बिष्ट(९८०८०९५७२६)
वडा नं ७ र ८ का लागि टीकाराम आचार्य(९८७९९७८३३१)