अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेलका नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गर्दै: 

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेलका नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गर्दै:

 

बेलका नगरपालिकाले नगर अस्पताल परिसर रामपुरमा शनिवार ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

‘सबै महिला तथा बालबालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारासहित शनिवार विहान ८ बजेदेखि कार्यक्रम सुरु हुने भएको छ। बेलका पोष्टसँग संवाद गर्दै कार्यक्रममा सहभागी भई स्वस्थ्य जीवन र जिवनदानका लागि रक्तदान गरिदिनुहुन महिला तथा बालबालिका शाखा प्रमुख ज्योति प्रीति राईले आव्ह्वान गर्नुभएको छ।

रक्तसञ्चार केन्द्र धरान घोपाको प्राविधिक सहयोग र ब्रदरहुड एफसी, बेलका नगर अस्पताल, युएनएफपीए तथा सीएमसी नेपाल जस्ता संस्थाहरुको सहयोगमा कार्यक्रममा आयोजना हुने भएको हो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *