बे.न.पाले सेनिटरी प्याड रिफ्रेशमेन्ट केन्द्र तथा स्तनपानकक्ष र बालमैत्री सूचना सिकाई केन्द्रको उदघाटन गर्ने 

बेलका नगरपालिकाले सेनिटरी प्याड रिफ्रेशमेन्ट सेन्टर तथा स्तनपानकक्ष र बालमैत्री सूचना सिकाई केन्द्रको उदघाटन गर्ने 

 

अन्तराष्ट्रिय महिला दिवसको अवसर पारी बेलका नगरपालिकाले शनिवार सेनिटरी प्याड रिफ्रेशमेन्ट सेन्टर तथा स्तनपानकक्ष र बालमैत्री सूचना सिकाई केन्द्रको उदघाटन तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।

 

महिला तथा बालबालिका शाखा प्रमुख ज्योति प्रीति राईका अनुसार स्तनपान कक्षमा महिला कर्मचारी तथा सेवाग्राहीहरुले पालिकामा आउदा बच्चा लिएर सहजरूपमा स्तपान गराउन सकुन भनेर वेड कुर्सी पखा तथा बालबालिकाहरुलाई खेलौनाको व्यवस्था गरिनेछ त्यसैगरी सेनेटरि प्याड रिफ्रेसमेन्ट सेन्टररमा महिला कर्मचारी तथा सेवाग्राहीहरु महिनावारी भएमा प्याड चेन्ज गर्ने आराम गर्ने कक्षको व्यवस्था हुनेछ र बालमैत्री सूचना सिकाई केन्द्रमा भने बालबालिकाको लागि पुस्तक सहितको पुस्तकालय र ई सुचना रहनेछ। यस कक्षमा बालबालिकाहरु बसेर अध्ययन अवलोकन गर्न सकिने सुचना सामाग्रीका साथै बाल सञ्जालको बैठक तथा अपांगता समन्वय समितिको बैठक समेत बसिनेछ।

 

बेलका नगरपालिकाको कार्यालय रामपुरमा हुने यस कार्यक्रम शनिवार बिहान ७ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ। यस कार्यक्रममा उदघाटनका साथै यस केन्द्र सम्बन्धी अन्तरक्रिया समेत हुने

छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *