गाईघाटमा फेरि दुर्घटना ; अटो र मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

फागुन २३, बेलका। त्रियुगा नगरपालकिा वडा नं ९ राजावासमा शुक्रबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । साझ ५ बजेको समयमा मदन भण्डारी राजमार्ग मथाने टोल स्थति प्रदेश १–०५–००१ ह ०३१० न को अटो बाटो काट्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नं को मोटर साईकल ठोक्कीदा मोटर साईकल चालक मोरङ लेटाङ नगरपालकिा ७ का वाराङ्री बस्ने २६ बर्षिय अजय लिम्बुको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार लिम्बुको छाती र पेटमा चोट लागेको थियो।

उपचारको लागि तत्काल जिल्ला अस्पताल उदयपुर पुर्‍याएकोमा ६ बजे लिम्बुको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । लिम्बुको शव जिल्ला अस्पताल उदयपुरमै राखएिको छ । अटो चालक त्रियुगा नगरपालकिा ७ बस्ने ३८ बर्षिय भुसेलाल दनुवार सहति मोटार साईकल र अटो जिल्ला प्रहरी कार्यालय उदयपरले नियन्त्रणमा लिएर अनुसन्धान गररिहेको छ । बिहिबार बेलुका मात्रै गाईघाट स्थति डएिमगेट दुर्गाटोलमा बोलेरोले ठक्कर दएिर एकै परविारकी दिदिबहिनीको ज्यान गएको थियो । उक्त घटना सेलाउन नपाउँदै तुरुन्तै अर्को दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *