सेनिटरी प्याड रिफ्रेशमेन्ट सेन्टर तथा स्तनपानकक्ष र बालमैत्री सूचना सिकाई केन्द्रको उदघाटन
अन्तराष्ट्रिय महिला दिवसको अवसर पारी बेलका नगरपालिकाले शनिवार सेनिटरी प्याड रिफ्रेशमेन्ट सेन्टर तथा स्तनपानकक्ष र बालमैत्री सूचना सिकाई केन्द्रको उदघाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका सभाध्यक्ष जिराका राई ज्यूले महिला दिवसको पृष्ठभूमिबारे विभिन्न कालखण्डबारे स्मरण गर्दै अवधारणा पत्र वाचन गर्नुभएको थियो। महिला विरुद्ध हुने शोषण, दमन रअमानवीय व्यवहार विरुद्ध सचेत रहन तथा समाजमा सचेतना जगाउने यस दिवसको मुख्य उद्धेश्य रहेको सभाध्यक्ष ज्यूले बताउनुभयो। उहाँले महिलाहरुका विषयसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुँदा पुरुषहरूले ध्यानाकर्षण नदिने तथा संवेदनशिल नहुने गुनासो समेत पोख्नु भएको थियो।
आजको कार्यक्रम कार्यकमका रुपमा मात्र नभएर महिलाहरुले विशेष महसुस गर्ने प्रकारका गतिविधिहरु गर्न पुर्याउनुपर्ने कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख अशोक कार्की ज्यूले बताउनुभयो।
महिला तथा बालबालिका शाखा प्रमुख ज्योति प्रीति राईका अनुसार स्तनपान कक्षमा महिला कर्मचारी तथा सेवाग्राहीहरुले पालिकामा आउदा बच्चा लिएर सहजरूपमा स्तपान गराउन सकुन भनेर वेड कुर्सी पखा तथा बालबालिकाहरुलाई खेलौनाको व्यवस्था गरिनेछ त्यसैगरी सेनेटरि प्याड रिफ्रेसमेन्ट सेन्टररमा महिला कर्मचारी तथा सेवाग्राहीहरु महिनावारी भएमा प्याड चेन्ज गर्ने आराम गर्ने कक्षको व्यवस्था हुनेछ र बालमैत्री सूचना सिकाई केन्द्रमा भने बालबालिकाको लागि पुस्तक सहितको पुस्तकालय र ई सुचना रहनेछ। यस कक्षमा बालबालिकाहरु बसेर अध्ययन अवलोकन गर्न सकिने सुचना सामाग्रीका साथै बाल सञ्जालको बैठक तथा अपांगता समन्वय समितिको बैठक समेत बसिनेछ।