बेलका नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न
बेलका नगरपालिकाले नगर अस्पताल परिसर रामपुरमा शनिवार ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रक्तदान कार्यक्रम सुसम्पन्न गरेको छ।
‘सबै महिला तथा बालबालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारासहित शनिवार भएको यस कार्यक्रममा करिब २०० जना रक्तदान गर्ने व्यक्तिहरू सहभागी भएका थिए।
रक्तसञ्चार केन्द्र धरान घोपाको प्राविधिक सहयोग र ब्रदरहुड एफसी, बेलका नगर अस्पताल, युएनएफपीए तथा सीएमसी नेपाल जस्ता संस्थाहरुको सहयोगमा कार्यक्रममा सम्पन्न भएको हो।