उदयपुरको बेलकामा फेला पर्यो लोपोन्मुख प्रजातिको घाईते गिद्द
फागुन २५, बेलका। उदयपुरको बेलका नगरपालिका वडा नं २ शान्तिनगर टोलमा भेटिएको लोपोन्मुख जातको घाईते गिद्दलाई आईतबार उद्दार गरिएको छ। गिद्धलाई उपचार तथा उद्दारका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा लागिएको छ।
गिद्धलाई उपचार गर्न कोशी वन्यजन्तुको कार्यालय कुशाहाबाट प्राविधिक टोलीलाई बोलाईएको कोशी टप्पु वन्यजन्तु आरक्षको भागलपुर पोष्टका प्रशासन ले जनाएको छ।
केही प्रकारको विरामी अवस्थामा रहेको जस्तो देखिने ठूलो चरा प्रजाति शनिवार साझतिर स्थानियहरुको घरको धुरीमा आएर बसेपछि स्थानीयहरूले उक्त गिद्धलाई फेला पारेका थिए। त्यसपश्चात एक्कासी ठूला देखिने चरा प्रजाति भेटेपछि स्थानीयहरूले जिस्काउने खेलाउने गरेका थिए। त्यसपश्चात आईतबार बिहान एक स्थानीय भेटेरिनरी प्राविधिक प्रदीप बस्नेतले सो कुरा थाहा पाएपछि उद्दारका लागि कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय भागलपुर पोष्टलाई खबर गरेका थिए।