बेलकामा ३ दिने निःशुल्क आँखा शिविर उदघाटन: शल्यक्रिया निःशुल्क हुने

बेलकामा ३ दिने निःशुल्क आँखा शिविर उदघाटन: शल्यक्रिया निःशुल्क हुने

बेलका नगरपालिकामा ३ दिने निःशुल्क अप्रेशन सहितको आँखा शिविर कार्यक्रम सोमबार उदघाटन भएको छ। मेची आँखा अस्पतालसँगको प्राविधिक समन्वयमा भएको यस शिविरमा मोतिबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाउने समस्याको शल्यक्रिया तथा आँखाको ढकनी सम्बन्धी समस्याको उपचार हुने डा. सुदिर घिमिरे ज्यूले बताउनुभयो।

उदघाटन कार्यक्रममा बोल्दै बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की ज्यूले सम्पूर्ण नगरवासीहरुलाई यस निःशुल्क शिविरको लाभ उठाउनहुन हार्दिक आह्वान गर्नुभयो।यस निःशुल्क शिविर यहीँ फागुन २६,२७ र २८ गते बेलका नगरपालिकाको नगर अस्पताल रामपुरस्थित भइरहेको छ।

मेची आँखा अस्पतालका नेत्र अधिकृत कविता कार्की कडरियाका अनुसार बेलका नगरपालिकाले मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा विगत ६ वर्ष अघिदेखि नै यस बेलका नगरपालिकामा निःशुल्क शलकृया शिविर सञ्चालन गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *