लामो समयपछि बेलकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्ती: आर्थिक कारोबार पुनः सुचारु
फागुन २६, बेलका। उदयपुरको बेलका नगरपालिकामा लामो समयदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा सोमबार नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रवि किरण आचार्य ज्यू नियुक्त हुनुभएको छ।
संघीय मामिला तथा प्रशासन मन्त्रालयबाट पालिकामा अर्को अधिकृत नआएसम्म सम्पूर्ण आर्थिक तथा प्रशासनिक जिम्मेवारी नगरपालिकाको वरिष्ठ कर्मचारी रविकिरण आचार्यलाई दिइएको चिट्ठी सोमबार दिउँसो नगरपालिकालाई प्राप्त भएको जानकारी नगरपालिकाको प्रवक्ता टंक प्रसाद आचार्य ज्यूले बताउनुभयो।
गत पुष ११ गतेदेखि नगरपालिकामा प्रमुख प्रशासकीयको अनुपस्थित रहेको थियो भने गत माघ ४ गतेदेखि प्रमुख प्रशासकीय पद रिक्त रहेको थियो। नगरपालिकामा लामोसमयदेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा विभिन्न प्रकारका आर्थिक भुक्तानीहरु तथा विकासका नयाँ योजनाहरु रोकिरहेका थिए। अब सम्पूर्ण प्रकारका भुक्तानीहरुका साथै आर्थिक तथा प्रशासनिक कार्यक्रमहरु आजदेखि नै अगाडि बढ्ने भएको छ।