बेलकालाई कुपोषण मुक्त नगर बनाउन एसीएफ नेपालको सहयोगमा बैठक सम्पन्न
एसिएफ नेपालको सहयोगमा बेलका नगरपालिकाको नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सोमवार होटल कोशी प्यालेसमा सम्पन्न भएको छ। बैठकमा मध्यम कुपोषण व्यवस्थापन अभियान सम्बन्धि विभिन्न पक्षहरूमा छलफल समेत गरिएको एसिएफ नेपालका प्रतिनिधि रञ्जन कपाली ज्यूले जनाउनु भयो।
एसिएफ नेपाल र सहारा नेपालको आयोजनामा बेलका नगरपालिकाको वडा नं ४ र वडा नं ८ मा कुपोषित बालबालिकाहरुलाई पहिचान गरी उक्त बालबालिकाहरुलाई पोषण सुधारका लागि उपयुक्त पोषण तयार गरी प्रयोग तरिकाबारे प्रदर्शन गरी वितरण गरेका थिए। यसै पोषण सम्बन्धी कार्यक्रमको सन्दर्भमा बैठकमा छलफल भएको थियो। छलफलमा बेलका नगरपालिकाको स्वास्थ्य शाखामार्फत यस कार्यक्रमलाई प्रदेश स्तरीय कार्यक्रमको रुपमा प्रस्तुत गर्ने समेत निर्णय भएको हो।
यस बैठक कार्यक्रममा नगरप्रमुख अशोक कार्की र नगर उप- प्रमुख जिरा राई , वार्ड नं ३ , ४ , ५ , ६ का वडा अध्यक्ष ज्युहरु नि.प्रमुख प्रशासकीय अधिकृत ज्यु , कार्यपालिका सदस्य ज्युहरु ,वडा सदस्य ज्युहरु, स्वास्थ्य शाखा प्रमुख ज्यु , शिक्षा शाखा प्रमुख ज्यु लगायत बिषयगत शाखाका प्रमुख ज्युहरु संगै ACF nepal का प्रतिनिधि ज्युहरुको उपस्थिति रहेको थियो।